घोरहीका उपभोक्ता धाराको मात्र बिल तिर्न वाध्य (अडियो रिपोर्ट)

दाङ १९ फागुन । घोरही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नियमित खानेपानी आपूर्ति नगर्दा दाङको घोरही नगरपालिकाका बासिन्दा धाराको मात्र विल तिर्न बाध्य छन् । पानी नआएपनि महिनाको १६० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन् ।

तर उपभोक्ता समितिका अध्यक्ष देवी बहादुर डिसी भने धारामा पानी पठाउन समस्या भएको क्षेत्रमा ट्याङ्कर बाट समेत खानेपानी वितरण गरिरहेको दाबी गर्नुहुन्छ । अझ उपभोक्ताहरु त चुनाव आएको बेला दिनको तीन पल्ट खानेपानी आउने धारामा अहिले हप्ताको १ पल्ट पनि मुश्किलले आउने बताउँछन् । सुनौ रेणु डिसीको रिपोर्ट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार