सरसफाइको क्षेत्रमा यसरी काम गरिरहेको छ, वास सहकारी संस्थाले

रुपन्देही २५ फागुन । रुपन्देही जिल्लामा सरसफाइ र स्वच्छताको क्षेत्रमा जनसहभागिता वास सहकारी संस्थाले पु¥याएको योगदान ठूलो छ । २०६९ सालमा तीन दिनको तालिमकै बीचमा करैया गाउँ विकास समितिमा खानेपानी र सरसफाइ क्षेत्रमा काम गर्ने सहकारी संस्थाको अवधारणा जन्मिएको हो ।

त्यत्तिबेलै सहकारी संस्थामा क्रियाशील खेमप्रसाद गौतमले यसको नेतृत्व लिनुभएको थियो । विक्रम सम्वत २०५० सालदेखि नै सहकारी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आउनुभएका गौतमको लामो प्रयासपछि २०७२ सालमा जनसहभागिता वास सहकारी संस्थाको दर्ता भएको हो ।

तत्कालीन करैया गाउँ विकास समिति जब नगरपालिकामा परिणत भयो, त्यसपछि सहकारी स्थापनाका जटिलताहरु थपिदै गए । वास सहकारी स्थापनाका लागि डिभिजन, विभाग र मन्त्रालयसम्म धाउँदाका पट्यारलाग्दो दिनहरु ताजै छन् उहाँसँग । ‘सहकारी दर्ताका लागि सरकारी निकायले झुलाउनु झुलाए, सहकारी स्थापनाका लागि शुरुमा तातिएकाहरु समेत सेलाउदै गए ।

शुरुको बचत रकम समेत कतिले फिर्ता लिएर गए, तर म निरन्तर लागिरहें पछि सहकारीकर्मीहरु फेरी जुट्दै गए’ गौतमले भन्नुभयो । वास सहकारी संस्था दर्ता गर्नका लागि अनवरत संघर्ष गरिरहेपछि २०७२ माघको २९ गते प्रमाणपत्र त बन्यो तर अन्त्यमा बनिसकेको प्रमाणपत्र समेत रोकियो ।

सहकारीको नामको पछाडि वचत तथा ऋण सहकारी संस्था राख्न चाहेका थिए सहकारीका सदस्यहरुले, तर वास सहकारीलाई बचत तथा ऋण सहकारीको रुपमा दर्ता गर्न दिएन । अन्त्यमा खानेपानी र सरसफाइकै क्षेत्रमा काम गर्ने लक्ष्यका साथ जनसहभागिता वास सहकारी संस्थाले १५ वटा उद्देश्यमा केन्द्रित रहेर काम गर्ने निधो ग¥यो ।

सरसफाइ प्रबद्र्धनका लागि काम गर्दै वास सहकारी
जनसहभागिता वास सहकारी संस्थाले कम्पोष्ट मल बनाउनका लागि घर घरमा फोहोर संकलन गर्ने भाँडो (कम्पोष्ट विन) वितरण गरी अर्गानिक तरकारी खेतीको प्रवद्र्धन गरिरहेको छ ।

जनभावना माध्यमिक विद्यालयमा वायोग्यास जडान गरेको छ भने खुल्ला दिसामुक्त गाविस घोषणा गर्नका शौचालय बनाउन सहयोग गरेको छ । सरसफाइको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको वास सहकारी संस्थाले वास क्षेत्रमै विभिन्न आयआर्जनको काम गरिरहेको छ ।

सहकारीमा अहिले लाख रुपैयाँ जत्ति बचत भएको छ । त्यही बचत भएको रकम परिचालन गरी वास क्षेत्रको प्रबद्र्धनको लागि काम गरिरहेको अध्यक्ष खेम प्रसाद गौतमले बताउनुभयो ।

आगामी योजना
जनसहभागिता सहकारी संस्थाले जैविक फोहोर व्यवस्थापन गरिरहेको छ । संस्थाले प्लाष्टिक झोला विस्थापित गर्नका लागि कपडाको झोलाको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

चारवटा गाविसबाट काम शुरु गरेको संस्थाले रुपन्देही जिल्लालाई नै प्लाष्टिकमुक्त जिल्ला घोषणा गर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

खानेपानी र सरसफाई प्रवद्र्धन सम्बन्धीको काम सामाजिक अभियान त हो नै, खानेपानी र सरसफाईबाट आम्दानी पनि गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो । रुपन्देहीमा स्थापना भएको जनसहभागिता वास सहकारी संस्थाले यही कुराको पुष्टि गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार