यसरी हुन्छ पूर्ण सरसफाई (अडियो सहित )

काठमाडौ ३० फागुन । खुल्ला दिसामुक्त घोषणा भईसकेका वडा, गाउँपालिका वा नगरपालिकालाई निश्चित सूचकहरु पूरा भएपछि पूर्ण सरसफाइ घोषणा गरिन्छ । सुरक्षित चर्पीको प्रयोग, सुरक्षित पानीको प्रयोग तथा भण्डारण, साबुन पानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाइ, सुरक्षित खानाको सेवन तथा भण्डारण, सफा घर आँगन र सफा तथा स्वच्छ वातावरण, पूर्ण सरसफाइ घोषणा गर्नु अघि हुनुपर्ने न्यूनतम आधार हो ।

पूर्ण सरसफाइ घोषणाका लागि प्रक्रियागत चरणहरुबारे हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका सामाजिक तथा तालिम अधिकृत निलकण्ठ पाण्डेसँग हामीले कुराकानी गरेका छौं ।

पूर्ण सरसफाइ अभियान अन्तर्गत शुरुमा हरेक घरमा कुन कुन सूचक पूरा भएका छन् भनेर गाविस स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले अवलोकन गरी घर घरमा नीलो स्टीकर टाँस गरिन्छ ।

जहाँ पाँच वटै सूचक लेखिएको हुन्छ । सूचक पूरा गरेको आधारमा घरधनीले नै स्टीकरमा टीक लगाउने व्यवस्था मिलाएको हुन्छ र सबै सूचक पूरा गरेपछि गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति (भीवाससीसी) ले अनुगमन गरी हरियो स्टीकर दिइन्छ ।

हरियो स्टीकर पाएको घर पूर्ण सरसफाईका लागि योग्य मानिन्छ । कुनै वडा वा वस्तीका सबै घरधुरीले हरियो स्टीकर पाएपछि मात्र त्यो गाविसको वडा वा वस्ती पूर्ण सरसफाईका लागि योग्य हुन्छ ।

त्यसपछि गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले प्रमाणीकरण गरेपछि मात्र वडा वा वस्तीलाई पूर्ण सरसफाई वडा, वस्ती वा पूर्ण सरसफाइ गाउँपालिका घोषणा गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार