तराईमा एक पछि अर्को गाउँपालिका खुला दिसामुक्त घोषणा हुदै

  • प्रसन्न तामाङ, बारा २७ वैशाख । बाराको करैयामाई गाउँपालिकाको वडा नं. ४ र ६ लाई गएको चैत २७ गते खुला दिसामु्क्त वडा घोषणा गरिएको छ । सोही दिन कोल्हवी नगरपालिकाको वडा नं. ८ पनि खुला दिसामुक्त वडा घोषणा भएको छ । डीवाससीसी तथा एमवाससीसीको अगुवाइ, जिएस्एफ् युएन ह्याबिटाटको सहयोगमा एन्फो र एन्आरसीएस् बाराको सहजीकरणमा करैयामाई गाउँपालिकाको ४ र ६ तथा कोल्हवी नगरपालिका ८ लाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
  •  बाराकै गद्दी गाउँपालिकाको पथरालाई पनि यही बैशाख ३० गते खुला दिसामुक्त घोषणा गने{ भएको छ । साबिकको पथरा गाउँ विकास समितिलाई खुला दिसामुक्त घोषणा गन{का लागि घरदैल ो अभियान, निगरानी समूहले खुला दिसा गने{ व्यक्तिको पहिचान गरी कावा{ही गने{ काम भइरहेको छ । गद्दी गाउँपालिकाकै खोपवालाई पनि २०७४ बैशाख ३० गते भित्रै खुला दिसामुक्त घोषणा गने{ तयारी भइरहेको छ ।
  • सिराहाको भगवानपुर गाउँपालिकाको वडा नं. ४ र ५ को तेस्रो सरसफाइ सम्मेलनले दुवै वडालाई वैशाख महिनाभित्रै खुला दिसामुक्त वडा घोषणा गने{ निण{य गरेको छ । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा सम्पन्न भएको सम्मेलनले वडाको सरसफाइ प्रबद्ध{नलाई साझा एजेण्डा बनाएर अघि बढ्ने निण{य गरेको हो ।

मध्य तथा पूर्वी तराइका बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा, धनुषा, महोत्तरी लगायत जिल्लाहरू सरसफाइ गतिविधिले तातिएका छन् । ती जिल्लामा घरदैलो तथा नियमित अनुगमन, स्थानीय भाषामा भित्तेलेखन, खुला दिसा गर्नेलाई पक्राउ गरी जरीवाना असुल्ने देखि प्रहरी र सरसफाइ अभियन्ताको संयुक्त गस्ती र चर्पी बनाउनेलाई घरमै गएर टीका लगाएर सम्मान गर्ने सम्मको काम भइरहेका छन् ।

प्रत्येक जिल्लाले फरक फरक तरीकाले सरसफाइ सम्बन्धी प्रवद्र्धनात्मक क्रियाकलाप गरिरहेका छन् । सिरहामा सरसफाइ सम्मेलन, घरदैलो कार्यक्रम र अनुगमनलाई तीव्रता दिइएको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले बताउनुभयो ।

बारामा पनि वडा स्तरिय भेला, प्रहरी परिचालन, खुला दिसा गर्नेलाई कार्वाही गर्ने लगायत क्रियाकलापहरू भइरहेका छन् । सरसफाइको दृष्टिले सबैभन्दा पुछारमा परेकाले पनि सरसफाइ सम्बन्धी गतिविधि बढाउन आपूmहरूलाई नैतिक दबाब परेको वातावरण र जनस्वास्थ्य संस्था एन्फोका क्षेत्रीय सहजकर्ता बाबुराम लामाले बताउनुभयो ।


पर्सामा भने चर्पी बनाउनेलाई घरमै पुगेर अबीरको टीका लगाएर सम्मान गर्न थालिएको छ । चर्पी बनाउनेलाई सम्मान बोध गराई चर्पी नबनाउनेलाई पनि प्रेरित गर्न यस्तो अभियान चलाएको डीवाससीसीले जनाएको छ ।

उता महोत्तरीमा भने सरसफाइ अभियन्ताहरूले भगवानको नाममा कसम खुवाएर चर्पी बनाउन लगाएका छन् । सरसफाइ अभियन्ता र कर्मचारीले घरदैलो गर्ने क्रममा प्रसिद्ध धार्मिक स्थल सहित भगवानको फोटो र ‘हाम्रो दर्शन गर्न आउँदा घरमा चर्पी बनाएर मात्र आऊ’ भन्ने सन्देश सहितको फ्लेक्स बोकेर जाने गरेका छन् ।

सरसफाइमा प्रहरीको सक्रियता बढ्दो

  • धनुषाको सिनुरजोडा र मुजेलियाको खुल्ला ठाउँ र बाटोमा दिसा गरिरहेका १७ जना गत चैत १७ मा प्रहरीद्वारा समातिए । उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरी एकले अका{को कान समात्न लगाई छाडेको थियो ।
  • बाराको करैया गाउँपालिकाको नरही, बेलाही र इटहर टोलमा पनि खुला दिसा गरिरहेका ६ जना पक्राउ परे । गत चैत २८ गते पक्राउ गरिएका उनीहरूलाई निगरानी समुह र प्रहरीको संयुक्त टोलीले स्थानीय भद्रभलादमीको रोहबरमा जनही ५ सय जरीवाना गरी छाडेको थियो ।

खुला ठाउँमा दिसा गर्ने विरुद्ध प्रहरीले सक्रियता बढाउन थालेको छ । प्रहरीले भीवाससीसीको आग्रहमा सँगै घरदैलो कार्यक्रम गर्ने, निगरानी समूहसँग संयुक्त गस्ती गर्ने र खुला दिसा गर्नेलाई पक्राउ गरी जरीवाना असुल्न थालेको हो । खुला दिसा गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेपछि सडक र खुला ठाउँमा दिसा गर्नेको संख्या कम भएको पाइएको छ ।

सरसफाइमा प्रहरी परिचालन निक्कै प्रभावकारी भएपछि विभिन्न गाउँपालिकाले खुला दिसा गर्ने व्यक्तिलाई जरीवाना तिराउने निर्णय गरेका छन् । बैशाख ३० गतेभित्र खुला दिसामुक्त घोषणा गर्न लागेको गद्दी गाउँपालिकाको पथरामा खुला दिसा गर्नेलाई १५ सय जरीवाना गर्ने निर्णय भएको वडा सचिव रुदल यादवले जानकारी दिनुभयो ।

गद्दी गाउँपालिकाकै खोपवामा भने खुला दिसा गर्नेलाई २५ सय रुपैयाँ जरीवाना तोकिएको कार्यकारी अधिकृत रबिन कुमार राजबंशीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार