रुकुम : रुकुममा पूर्ण सरसफाइका लागि स्वस्थ घर निर्माण गर्न घरायसी स्तरदेखि विभिन्न संघसंस्था क्रियाशील छन् । पूर्वी रुकुममा भूमे गाउँपालिका तथा पश्चिममा सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा USID को सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम र SNV Nepal को सहयोगमा रुकुमेली समाज विकास केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।
सुआहारा कार्यक्रमबाट यस क्षेत्रमा पूर्ण सरसफाइ अन्तर्गत स्वस्थ घर सम्बन्धी सूचकको उपसूचक पनि निर्माण गरी लागु गरिएको छ । स्वस्थ घर निर्माणका लागि सरकारले निर्धारण गरेका सूचकका आधारमा आवश्यकता अनुसार उपसूचक समेत निर्माण गरी लागु गरिएको सुआहारा कार्यक्रमका सरसफाइ अधिकृत विकास बन्जाराले जानकारी दिनुभयो ।

सूचक तथा उपसूचकहरु जिल्ला तथा घरपरिवारका लागि उपयुक्त भए नभएको विषयमा गाउँ स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति तथा समुदाय सँग पनि छलफल गरिएको छ ।
स्वस्थ गाउँका लागि तयार पारिएको सूचक तथा उपसूचकका छलफल गरेपछि गाउँपालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नर बहादुर पुनले सूचक तथा उपसूचकमा उल्लेखित कामहरु पूरा गर्दै जाने र सिङ्गो गाउँपालिकालाई नै नमुना, स्वस्थ घर तथा टोल र समुदाय बनाउन सफल हुने बताउनुभयो ।
स्वस्थ घरको परिक्षण गर्ने अनुगमन चार्टबाट स्वयं घरपरिवारले नै आफ्नो घरको सरसफाइको अवस्था कस्तो छ भन्ने थाहा पाउने सरसफाइ अधिकृत बन्जाराले बताउनुभयो । आफ्नो घरको सरसफाइको अवस्था स्वमूल्याङ्कन गरी थप सुधार गर्दै लैजान सक्छन्’ बन्जाराले भन्नुभयो ।
अनुगमन चार्टको प्रयोगसँगै समुदायले सरसफाइमा आफ्नो दायित्वका विषयमा समेत थाहा पाउनेछन् ।


831 पटक हेरिएको 

