जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १८२ वटा पेपर प्रस्तुत हुने

काठमाडौ : जल, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी आगामी अप्रिल १० देखि १२ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहका १८२ पेपर प्रस्तुत हुने भएको छ ।

सम्मेलन आयोजक समितिको सचिवालयमा प्राप्त १८५ पेपर मध्ये ३ वटा अस्वीकृत भएको र बाँकी ३० वटा पोष्टर प्रस्तुतीकरण र १३७ वटा मौखिक प्रस्तुतीकरण हुने साइन्टिफिक उपसमितिका संयोजक चण्डिका भट्टले जानकारी दिनुभयो ।

 

सम्मेलनको तयारी अहिलेसम्मको प्रगति र सम्मेलन सफलताका लागि गर्नुपर्ने कामका विषयमा आयोजना गरिएको छलफलमा संयोजक भट्टले भन्नुभयो ‘४४ वटा विदेशी प्रस्तुतकर्ता हुनुहुन्छ, उहाँहरु श्रीलंका, भारत, ग्रीस, मेक्सिको, चीन, जापान लगायत देशका हुनुहुन्छ ।’ उहाँका अनुसार प्रस्तुतीकरणका लागि प्राप्त भएका पेपरलाई विभिन्न शीर्षकमा वर्गीकरण गरिएको छ ।

बर्गीकृत शीर्षक

• Water Laws, Policies, Politics & Regulations
• Role of Local Government in WASH Sector
• Integrated Water Resources Management
• Technology and Innovations in Water Management
• Smart Water Management
• Institutional Capacity Building
• Strategic Water Management for Sustainable Development Goals
• Technological Trends in Wastewater Management
• Centralized & Decentralized Wastewater Management
• Socio-environmental Aspects and Environmental Economics
• Renewable Energies
• Fecal Sludge Management
• Water Scarcity, Climate Change & Adaptation
• Economic, Environmental and Social Impacts of Climate Change
• Climate-Induced Hazards and Risks

सम्मेलन आयोजक समिति एवं सोफेनका अध्यक्ष रामद्धीप शाहका अनुसार सम्मेलन आयोजनाका लागि ५१ जनाको ठूलो आयोजक समिति गठन गरिएको छ ।

यस्तै ९ जनाको व्यवस्थापन समिति, अन्तर्राष्ट्रिय सल्लाहकार समिति, ९ वटा उपसमिति पनि गठन गरिएको छ । नेपालमा हुन लागेको पानी, वातावरण र जलवायु क्षेत्रका यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो ।

यो सम्मेलन राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले सफलतापूर्वक सम्पन्न गर्नुपर्ने अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा १५ जना भन्दा बढी मुख्य वक्ताहरुको एकीन भइसकेको छ । विभिन्न देशका विश्वविद्यालयका कुलपति तथा उपकुलपति तहका मुख्य वक्ताहरु रहेको उहाँले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार