काठमाडौ : महिनावारी भएको समयमा पहिले पहिलेका हजुरआमा, आमाहरुले कपडाको टालो प्रयोग गर्नुहुन्थ्यो, अहिले पनि गाउँघरमा टालोकै भर पर्नु परेको छ । शहर पसेका र पढे लेखेका केही महिलाले स्यानिटरी प्याड प्रयोग गर्न थालेको पनि त्यत्ति धेरै समय वितेको छैन । तर अब स्यानिटरी प्याडको विकल्पमा मेन्स्ट्रुअल कप समेत आएको छ ।
मेन्स्ट्रुअल कप, कप जस्तै देखिन् १०० प्रतिशत उच्चतम गुणस्तरीय मेडिकल ग्रेड सिलिकनले बनेको हुन्छ । यो एक पटक किनेपछि १२ बर्षसम्म प्रयोग गर्न मिल्ने गरी बनाएको हुन्छ । मेन्स्ट्रुअल कप बारे थाहा पाउन यो भिडियो हेर्नुहोस् । मेरी स्टोप्स्की निसा राउत यसको प्रयोग गर्ने तरिका, विधि र यसको फाइदाका विषयमा बताउँदै हुनुहुन्छ ।