तीन बर्ष सम्म टिकाउ हुने कपडाको प्याड (भिडियो)

  लिखिता बराल  686 पटक हेरिएको

काठमाडौं : बजारमा पाइने विभिन्न कम्पनीका स्यानिटरी प्याडहरु गाउँघरमा सजिलै नपाइन सक्छ । पाए पनि गाउँघरका सबै महिलासँग प्याड किनेर प्रयोग गर्ने आर्थिक सामर्थ्य नहुन सक्छ । सबै महिलाले किनेर प्रयोग गरेछन् भने पनि एक पटक महिनावारी हुँदा धेरै प्याडको खपत हुने भएकाले वातावरण प्रदूषण हुन सक्छ ।
यसको सट्टा कपडाको प्याड बनाएर प्रयोग गर्न सके स्यानिटरी प्याड किन्न जानु पनि पर्दैन, बजारमा पाइने प्याडलाई जत्ति खर्च पनि लाग्दैन । एक पटक किनेपछि धोएर ३ बर्षसम्म प्रयोग गर्न पनि सकिन्छ ।

यस्तो प्याड बनाउन कतिपय संंस्थाले महिलाहरुलाई सिकाइरहेका छन् । कतिले भने व्यवसायिक रुपमै उत्पादन गरेर विक्री गर्न थालेका छन् । Days For Girl यस्तै संस्था हो, जसले महिनावारी स्वच्छता व्यवस्थापनका विषयमा महिलाहरुलाई जागरुक गराउने र कपडाको प्याड बनाउने तालिम पनि दिइरहेको छ । यो संस्थाले कपडाको प्याडको व्यवसायिक उत्पादन गरी विक्री वितरण समेत गरिरहेको छ ।

कपडाको प्याड बनाउने तरिका, लगाउने तरिका र यसका फाइदाको विषयमा बताउँदै हुनुहुन्छ, Days For Girl की अञ्जना मल्ल,

हेर्नुहोस् यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार