राजु भारती, झापा नगरपालिका, वडा नं. ४ का वडाध्यक्ष हुनुहुन्छ । सरसफाइ प्रबद्र्धनमा खटिनु यतिबेला झापाका स्थानीय जनप्रतिनिधीहरुको दैनिकी जस्तै बनेको छ । शुक्रबार विहान हामीले राजु भारतीलाई पछ्यायौं । स्थानीय मिथिलेश कुमार गणेशको जग्गामा बसोबास गर्ने सुफल हास्दाको घरमा चर्पी थिएन । सुफल बस्ने जग्गामा चर्पी बनाउने खाडल खन्न वडाध्यक्ष भारती आफै कस्सिनुभयो, खाडल खन्नुभयो, रिङ बोकेर खाडलसम्म लैजानुभयो र खाडलमा रिङ राखेर वरिपरिबाट माटो भर्ने काममा पनि सरिक हुनुभयो ।
कुनै काम गर्ने कामदार झैं खटिनुभएका वडाध्यक्ष भारती, चर्पी नबनुन्जेलसम्म काम गरेरै बस्नुभयो, मानौं चर्पी बनाउन उहाँले नै जिम्मा लिनुभएको छ । चर्पीको आधार संरचना बनेपछि माथिल्लो संरचना बनाउन सुफललाई निर्देशन दिर्दै उहाँ बल्ल वडा कार्यालय तर्फ जानुभयो ।
बनिसकेको चर्पी हेर्दै सुफल मुस्कुराए । यसैगरी अघि बढिरहेको छ, झापाको सरसफाइ अभियान ।
हेर्नुहोस् फोटो कथा :








फोटो प्रस्तुति : विनोद धौलागिरि


3262 पटक हेरिएको 

