राजनीतिक नेतृहरुको पूर्ण सरसफाइ कदम (फोटो कथा)

राजनीतिक सशक्तिकरण र न्यायोचित सहभागिता नै अन्तर पार्टी महिला सञ्जालको मुख्य ध्येय हो । पूर्ण सरसफाइ समाजको प्रमुख सवालको रुपमा स्थापित भएसँगै नेतृहरुले महिलाको राजनीतिक सहभागितामा मात्र जोड दिइरहनुभएको छैन, उहाँहरुले किशोरीहरुको शिक्षा, स्वास्थ्य, सरसफाइ र स्वच्छतामा समेत जोड दिइरहनुभएको छ । गौरादह नगरपालिकाका नेतृहरु अहिले महिनावारीमैत्री विद्यालय सरसफाइ सुविधाको विस्तारमा क्रियाशील हुनुहुन्छ ।

यसै क्रममा वडा र नगरपालिकासँगको समन्वयमा गौरादहका १४ विद्यालयका किशोरीहरुलाई महिनावारी सरसफाइ एवम् प्रजनन् स्वास्थ्यको विषयमा अभिमुखीकरण गर्नुका साथै १ हजार ८ सय ५० पोका स्यानिटरी प्याड प्रदान गरिएको छ ।

मोति माध्यमिक विद्यालयकी शिक्षिका समेत रहेकी सञ्जाल संयोजक लीला कट्टेल कार्की सुनाउनुहुन्छ, “सम्पूर्ण संस्थागत शौचालय महिनावारी सुविधामैत्री बनाउने महाअभियानमा लागेका छौं । अब छिटटै किशोरीहरुले विद्यालयमा आजसम्म भोगेका पीडा भोग्नुपर्ने छैन, जसले किशोरीहरुको सशक्तिकरणमा पक्कै सघाउनेछ । यो पनि एउटा सभ्य र सुसंस्कृत समाजको खोजी अभियान नै हो ।”

 

 

प्रस्तुति : विनोद धौलागिरी


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार