गुणस्तर सुधार नगरी पुरानै पानी बजारमा

विराटनगर : विराटनगरमा गुणस्तरहीन पानी विक्री गर्दै आएको उद्योगहरुले खानेपानीको गुणस्तर सुधार गर्नुको सट्टा पुरानै गुणस्तरहीन पानी बजारमा पठाएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले हिजो शुक्रबार गरेको बजार अनुगमनका क्रममा ती उद्योगले पुरानै गुणस्तरहीन खानेपानी बजारमा बिक्री गरेको पाइएको हो ।

अनुगमनमा क्रममा विराटनगरका गंगाजल उद्योग विराटनगर ५, गोमारानी उद्योग विराटनगर ४, पूजा फुड एन्ड वेभरेज इन्डस्ट्रिज प्राली विराटनगर ६, तिरुपति जल उद्योग विराटनगर–२, माउन्टेन वाटर इन्डस्ट्रिज विराटनगर–११ ले उत्पादन गरेको पिउने पानीमा कोलीफर्म भेटिएको थियो ।

यस्तै, हाईमल जल इन्डस्ट्रिज विराटनगर–१०, श्री जल उद्योग विराटनगर–१३, शीतल जल उद्योग विराटनगर–८, जोनसन जल उद्योग विराटनगर–१४, दिव्य श्री जल उद्योग विराटनगर–१२, शुभ जल उद्योग बुढीगंगा १ ले उत्पादन गरेको पानीमापनि कोलीफर्म पाइएको थियो ।

पानीमा कोलिफर्म भेटिएका उद्योगलाई तत्काल उत्पादन र विक्री वितरण बन्द गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशन दिएको दिएपनि अनुगमनका क्रममा हाइमल जल उद्योगको २४ लिटर, सितल जल उद्योग ४ सय ४७ लिटर, जोनसोन जल उद्योगको १ सय ९८ लिटर र श्रीजल उद्योगको २० लिटर पानी पुरानै गुणस्तरको भेटिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षकप्रेम अर्यालले जानकारी दिनुभयो ।

न्यूरो हस्पिटल छेउका विभिन्न ६ वटा पसल तथा फार्मेसी तथा कोशी अञ्चल अस्पताल आसपासका २ वटा औषधि पसलबाट उक्त पानी नियन्त्रणमा लिइएको छ ।

पानी उत्पादन महासंघ प्रदेश १ का अध्यक्ष पुण्यप्रसाद भट्टराईले प्रदेश १ का १ सय ५ वटै उद्योगी र खाद्य प्रविधि तथा गुण नियन्त्रणबीच सरकारले तोकेको मापदण्ड अनुसार उद्योग सञ्चालन गर्ने सहमति भए पनि मापदण्ड पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस् ।

http://washkhabar.com/np/2018/08/09/7179


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार