काठमाडौ : खानेपानी योजना निर्माण गर्दा फेरो सिमेन्ट ट्याङ्क बनाउनु पर्छ । आफ्नै काँधमा बनाउने जिम्मेवारी नआउँदासम्म ट्याङ्क बनाउने तरिकाका बारेमा खासै वास्ता हुँदैन । फेरो सिमेन्ट ट्याङ्क १ हजार देखि २० हजार लिटर सम्मको बनाइन्छ । यसैको सहायताबाट घर घरमा पानी पठाइन्छ ।
टिकाउ हुने, पुस्तौं पुस्तासम्म पनि केही नहुने खालको फेरो सिमेन्ट ट्याङ्क कसरी बनाउने त ? गेर्खुटार युवा क्लव नुवाकोटका सव इञ्जिनियर अरुण कर्माचार्यको टिप्स :
१. सबैभन्दा पहिले आवश्यक सामग्रीहरु : ढुंगा चिकेन वायर, रड, प्लेन वायर, ग्याबिन तार, सिमेन्ट र बालुवा लगायतका सामग्री निर्माण स्थलमा पु-याउनुहोस् ।
२. ९० सेन्टिमिटरको जग खन्नुहोस् अनि २० सेन्टिमिटरको ढुंगा सोलिङ गर्नुहोस र १० सेमीको पिसीसी गर्नुहोस् ।
३. १० एम्एमको रड ठड्याउनुहोस् र एचडीपी पाइपको भित्रबाट फर्म हाल्होस् ।
४. चिकेन वायर बेर्नुहोस्, प्रत्येक दुई इन्चको फरकमा प्लेन वायर राख्नुहोस, भित्रबाट काठ वा बाँसको फर्म दिएर नहल्लिने गरी बनाउनुहोस् ।
५. बाहिरबार चिकेन वायर र प्लेन वायर दरो बनाउनुहोस् ।

६. धोएको बालुवा दुई भाग र सिमेन्ट एक भाग मिसाएर बनाएको मसलाले मज्जाले लिप्नुहोस् ।
७. लिपेको १५ दिनमा पाइपको फर्म निकाल्नुहोस् । फेरि भित्रपट्टि बालुवा र सिमेन्टको मात्रा बराबरी मिसाएर मज्जाले लिप्नुहोस् र लिपिसकेपछि सिमेन्टको घोल हालेर भित्री सतहलाई चिल्लो बनाउनुहोस् ।

८. त्यसपछि भित्री सतहमा कोरा मसिनो गर्नुहोस् र त्यसपछि चिल्लो बनाउनुहोस् ।

९. अब फेरो सिमेन्ट ट्याङ्क तयार भयो । अब ट्याङ्को सुरक्षा र बाहिरी जीवजन्तु तथा केटाकेटीको प्रवेशलाई रोक्न एनल पोष्ट गाडेर वा सुरक्षित पिलर राखेर काँडे तार राखेर बारबेर गर्नुहोस् ।

२० बर्षका लागि डिजाइन गरेको भएपनि यसरी बनाएको फेरो सिमेन्ट ट्याङ्कको आयु ५० बर्ष लामो हुनसक्छ ।



5634 पटक हेरिएको 

