काठमाडौ : काठमाडौ उपत्यकाका सार्वजनिक शौचालयहरु सफा हुँदैनन्, दिसापिसाब गर्दा पनि नाक थुनेर गर्नुपर्छ । भित्र चुकुलको व्यवस्था नहुँदा असुरक्षित हुने भएकाले साथी राखेर भित्र पस्नुपर्छ । विजुली, पानी, फोहोर फाल्ने भाँडोको अभाव हुन्छ । काठमाडौको सार्वजनिक शौचालय प्रति प्रयोगकर्ताको धारणा यस्तै बनिसकेको छ । हुन पनि काठमाडौका सार्वजनिक शौचालयको हालत यो भन्दा माथि उठ्न सकेको थिएन ।
तर यस्तो अस्तव्यस्तका बीच रत्नपार्कको एउटा शौचालय भने सुविधा सम्पन्न छ । धेरै पुरानो शौचालयलाई मर्मत सम्भार तथा केही विभिन्न सुविधाहरु जडान गरेर शौचालय सुविधा सम्पन्न बनाइएको हो । हेरौं यो भिडियो रिपोर्ट :
कुनै समय लागु पदार्थको दुव्र्यसनीमा फसेका युवायुवतीको आश्रयस्थल बनेको यो शौचालय सुधारका लागि गुठी नामक संस्थाले सहयोग गरेको हो । गुठीले पुरानो शौचालयलाई मर्मत सम्भार, रङरोगन र बायोग्यास जडान गरेपछि शौचालयबाट हुने आम्दानीमा समेत बृद्धि भएको शौचालय सञ्चालकले बताउनुभयो ।


1949 पटक हेरिएको 

