काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले विभिन्न कार्यक्रम गरी १६ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा फेडवासनले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ भने वास क्षेत्रका विभिन्न व्यक्तित्वहरुबाट सल्लाह सुझाव पनि लिइएको छ ।
वास क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिबाट सल्लाह, सुझाव लिनु अघि फेडवासनले गरेका विभिन्न क्रियाकलापहरुबाट अहिलेसम्म हासिल गरेको उपलब्धी, वास क्षेत्रको चुनौती र अवसर तथा अबको जिम्मेवारीका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
स्थापना दिवस मनाउन भेला भएका अतिथिले दिएका सल्लाह, सुझाव हेरौं यो भिडियोमा ।


1013 पटक हेरिएको 

