नदी–हिमनदीको पानीलाई व्यावसायीकरण गरिनेछ : मन्त्री मगर

झापा : खानेपानीमन्त्री बीना मगरले तीन वर्षभित्र घरघरमा आधारभूत पानी पु-याइने बताउनुभएको छ । झापाको विर्तामोडस्थित विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को  उद्घाटन गर्दै मन्त्री मगरले भन्नुभयो, “तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पु-याउने लक्ष्यका साथ गृहकार्य भइरहेको छ ।”

दूषित पानीकै कारण ८२/८३ वटा रोग लाग्ने गरेको बताउँदै उहाँले सरकारले शुद्ध खानेपानीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
झापाको मेची, कनकाइ लगायत नदी–हिमनदीको पानीलाई व्यावसायीकरण गर्ने बताउँदै उहाँले आठवटा ‘वाटर ब्लक’ निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । “मेचीदेखि महाकाली सम्मको पानीलाई पाइपलाइन मार्फत् अन्तर्राष्ट्रिय बजारमा पु-याउने योजना छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष जलकुमार गुरुङले असोज १ गदेखि विर्तामोड नगर क्षेत्रमा चौबिसैँ घण्टा पानी वितरण गरिने बताउनुभयो ।

खानेपानी मन्त्रालयले उपलब्ध गराएको रू ५५ लाखको लागतमा पानी प्रशोधन उपकरणबाट दैनिक १३ हजार ५० हजार लिटर पानी प्रशोधन हुने संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार