हिमालको पानी बेचेर विदेशी मुद्रा आर्जन गर्न जापानी सांसदको सुझाव

काठमाडौ : जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता तथा सांसदको टोलीले हिमालय क्षेत्रको पानी विदेशमा निर्यात गरेर आम्दानी बढाउन सुझाव दिएको छ । नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालको हिमालय क्षेत्रमा रहेको पिउन योग्य पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने सुझाव दिएको हो ।

जापानी प्रतिनिधिमण्डल सँगको भेटमा मन्त्री बस्नेतले खानेपानी विदेश बेच्ने बारे खानेपानी मन्त्रालयले योजना बनाई सम्भाव्यता अध्ययन भइरहेको बताउनुभएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका जापानको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताउनुभयो । पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकाले त्यसमा सबै मिलेर काम गर्नुपर्ने बताउनुु भएको थियो ।

टोली सदस्य तथा पूर्वसांसद माचुदाले विश्वभर अब खानेपानीको संकट आउने भएकाले नेपालको हिमालय क्षेत्रमा रहेको पानीलाई विदेशमा बेच्नुको विकल्प नरहेको बताउनुु भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार