गोदावरी नगरपालिकाले शुरु ग-यो, पानीका स्रोतको सम्भाव्यता अध्ययन

ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाले पानीका स्रोतको सम्भाव्यता अध्ययन सुरु गरेको छ । घरघरमा पानी सहितको धारा भन्ने नारालाई साकार पार्न पानीका स्रोतको संभाव्यता अध्ययन गर्न थालिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

नगरबासीले भोग्दै आएको खानेपानी अभाव कम गर्न पानीका स्रोतको संभाव्यता अध्ययन थालिएको उहाँले बताउनुुभयो ।
‘नगरपालिकाभित्र पानीका साना र ठूला स्रोतहरू छन् तिनैको प्रयोगबाट सबै नगरवासीलाई पानी पु-याउन सकिन्छ, यसको अध्ययन सुरु भइसकेको छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने योजना छ भने कोनाखोला र गोदावरी खोलामा अध्ययन भइरहेको छ ।

नगरपालिकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको सहकार्यमा पानीको व्यवस्थापन सुरु गरेको हो । त्यसका लागि बजेट समेत विनियोजन भइसकेको छ । नगरपालिकाका ठेचो, बाँडेगाउँ, चापागाउँ लगायतका स्थानमा पानीको समस्या बढिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार