शौचालय कसका लागि ?

काठमाडौ : विश्वका मानिसहरु चन्द्रमामा घर बनाउन थालेका छन तर हामी एउटा शौचालय बनाउन सकिरहेका छैनौ वा बनाउन चाहेका छैनौ । सरसफाइ जनस्वास्थ्य, प्रतिष्ठा र सामाजिक विकासको आधार हो । सरसफाइको सुविधा प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार हो ।

झाडापखाला, टाइफाइड, हैजा, आऊँ, जुका र पेट सम्वन्धि अनेक प्रकारका सरुवा रोगको किटाणु सार्ने र फैलाउने मूल श्रोत मानव मलमुत्र हो । नेपालमा स्वच्छ पिउने पानी र सरसफाइको अभावले करिव ८० प्रतिशत झाडापखाला सम्वन्धि रोगहरुको प्रकोप वढ्ने गर्छ । हात नधोएरै खानाले झण्डै ४५ प्रतिशत मानिस वर्षेनी विरामी हुने गर्दछन् ।

महिलाहरु साझ बिहान समुह बनाएर बाहिर जाने बानी परेको छ । अरु समयमा गोप्य अंग अरुले देख्यो भने लाज लाग्ने हामी शौच गर्ने बेलामा गरिने अंग प्रदर्शनलाई सामान्य रुपमा लिने गरेका छौ ?

सरसफाइको अभावले लाग्ने झाडापखाला जस्ता रोगले हजारौ वालवालिकाले अकालमा ज्यान गुमाउनु परिरहेको अवस्था छ । सरसफाइको अभावले झण्डै १० करोड जती आर्थिक क्षति हुने गरेको छ । यसको प्रमुख कारण फोहोरी आनीवानीले भुमिका खेलेको हुन्छ । सरसफाइको वानी व्यवहारमा सुधार नगरे सम्म सरुवा रोगको किटाणुहरुको  चक्र टुट्दैन र स्वास्थ्य सुधारमा निरन्तर आघात परिरहन्छ ।

वास्तवमा खुला रुपमा गरिने दिसाका कारण फैलने हामारीले देशका कैयन मानिसहरुको अकालमा मृत्यू भइरहेको छ ।बीर गोर्खालीको इज्जतलाई खुला दिशाका कारण दाग लगाइदिएको छ ।

बर्षेनी आउने चाडपर्वको लागि सरसफाई गर्छौ तर आफनो लागि भनेर गर्दैनौ । अहिले पर्वको नाममा घर वरीपरी सरसफाई त ग-यौ तर स्वास्थ्यको लागि गर्दैनौ । आफनौ घरमा शौचालय बनाउनका लागि हामी गरिव भएको वहाना बनाउछौ ।

शौचालयको लागि अरुसंग अनुदान मांग छौ तर अहिले पर्वको नाममा गरिने सरफाई झिलिमिलीको लागि कसैको सहयोग मागेनौ । आखिर सरसफाई कसको लागि ? आफनो लागि ?भगवानको लागि की आफनै स्वास्थ्यको लागि ?

भनिन्छ बालबालिका काचो माटो हो उसलाई जस्तो संस्कार दियो त्यस्तै बन्छ । पछि माटो पाके पछि कुम्हालले भाडोको आकार परिवर्तन गर्न सकिदैन त्यस्तै हो हाम्रो बानी व्यवहार सानै देखि लागेको बानी छुटाउन कठिन हुन्छ ।

खुला दिसा मुतm अभियान संचालन भईरहदा सवै भन्दा चुनौतीको रुपमा देखिएको हो व्यवहार परिवर्तन । आम मानिसलाई सानै देखि खुला रुपमा शौचालय गर्न बानी लागेको छ । बाहिर बसेर दिसा गर्न आनन्द आउने बताईन्छ ।

महिलाहरु साझ बिहान समुह बनाएर बाहिर जाने बानी परेको छ । अरु समयमा गोप्य अंग अरुले देख्यो भने लाज लाग्ने हामी शौच गर्ने बेलामा गरिने अंग प्रदर्शनलाई सामान्य रुपमा लिने गरेका छौ । त्यसैले त होला हामी शौचालयमा जानुको सटटा सडकको पेटी बढी मन पराउछौ ।

अभियान संचालन हुदा केहि मानिसहरु त शौचालय बनाए शौचालयको प्रयोग पनि गरिहेका छन तर आत्मा देखि नै शौचालयमै शौच गर्ने बानी बसालेका छैनन । लामो यात्राका गाडीहरुमा यसको उदारहण देख्न सक्छौ । यात्रुहरु शौच गर्नका लागि शौचालय खोज्नुको सट्टा बाहिरी रुपमा शौच गर्नमा आन्नदित महसुस गर्छन । नगरक्षेत्र भित्र पनि यसको उदाहरण देख्न सक्छौ । शौचालय त बनेको छ तर शौचालयको बाहिर पट्टी पनि शौच गरेको देख्न पाईन्छ ।

बिद्यालयहरुमा शौचालय त बनेको छ तर शौचालयको बाहिर पटटी शौच गरेको देख्न सकिन्छ । हामी एक घर एक शौचालय निर्माण गरि देशलाई नै विश्व सामु सक्षम तथा स्वस्छ देशको परिचय बनाउने क्रममा छौ । हामीले समय अनुसार आफनो बानी व्यवहारलाई परिवर्तन गर्नुपर्छ ।

शौचालयमा शौच गर्नका लागि हामीलाई अरुले सिकाउनु पर्दैन आफैले आफनो व्यवहार परिवर्तन गर्नुपर्छ । हामीले आफुलाई स्मार्ट देखाउनका लागि बिभिन्न कपडा लगाउछौ, बिभिन्न स्प्रेको प्रयोग गर्छौ, तर एक पटक सोच्नुस त खुला रुपमा दिसापिसाव गरेको अवस्थामा हामीलाई कसैले हे-यो भने हाम्रो अवस्था कस्तो हुन्छ ।

पहिला पहिला पैदल हिडथ्यौ, साईकल चढथ्यौ तर अहिले मोटरसाईकल चढने बानी बसेका कारण हामी पैदल हिडन सक्दैनौ त्यस्तै हामी शौचालयमै शौच गर्ने बानी बसाल्यौ भने आपसे आप शौचालय निर्माण हुने वातावरण बन्छ ।

शौचालयको बाहिर पट्टी होईन शौचालयमै शौच गर्नका लागि बानी बसाल्ने हो की ? बाटोमा हिडदै गरेको बटुवालाई आफनो गोप्य अंग देखाउदै शौच गर्ने हो ?  की शौचालयमा गर्ने ?

madhyanepal.com बाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार