हाम्रा ३२ वटा चुनावी प्रतिबद्धता छन् : नन्दलाल बञ्जाडे

के हुन् त ती ३२ एजेण्डा ? प्रदेश ३ को लागि प्रगतिशील समूहको सभापतिका उम्मेदवार बञ्जाडेसँग गरिएको भिडियो वार्ता

काठमाडौं : नेपाल इञ्जिनियर्स एसोसियसन (NEA) को ३२ सौं कार्यकारिणी समितिको चुनाव नजिकिदो छ । संघीय ढाँचामा पहिलो पटक हुन लागेको यो चुनावबाट प्रदेश कार्यकारिणी समितिका पदाधिकारी समेत छानिनेछन् ।

यही मंसिर २८ गते हुने चुनावमा खानेपानी, सरसफाइ र वातावरणको क्षेत्रमा कार्यरत इञ्जिनियरहरु समेत चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसैमा पर्नुहुन्छ, खानेपानी तथा ढल निकास विभागका निर्देशक नन्दलाल बञ्जाडे । उहाँले प्रदेश ३ को कार्यकारिणी समितिको सभापतिका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

हेरौं, प्रगतिशील समूहको तर्फबाट सभापतिका उम्मेदवार बञ्जाडेसँग वास खबर डटकमले गरेको चुनाव केन्द्रित कुराकानी :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार