एउटा चर्पीको लागि कहिलेसम्म मगन्ते हुने ?

  विनोद महतो कुश्वाहा  1117 पटक हेरिएको

बारा : तराई मधेसमा चर्पी निर्माणको काम धमाधम भइरहेपनि हिमाली तथा पहाडी क्षेत्रमा जस्तो त्यत्ति सजिलो छैन । चर्पी निर्माणका लागि गाह्रो भएकै कारण खुला दिसामुक्त गर्न बाँकी जिल्लाहरु मध्ये तराई मधेसकै बढी छन् । यस्तैमा रेडियोकर्मी विनोद महतो कुश्वाहाले मनछुने स्टाटस पोष्ट गर्नुभएको छ ।

रेडियो स्वागतममा समाचार संयोजकको रुपमा कार्यरत महतोले जत्रो सुकै ठूलो काम ऋण काढेर सम्पन्न गर्न सक्ने समुदायले चर्पी इज्जत र प्रतिष्ठासँग जोडिएको चर्पी बनाउन कति अरुको सहयोग खोज्छ ? भनेर प्रश्न गर्नुभएको छ ।

उहाँको स्टाटसमा लेखिएको छ ‘ सरसफाइको मामिलामा निकै पछाडि रहेको हाम्रो तराई मधेसमा पुस्तौ पुस्तादेखि चलिआएको लोटे चर्पीको (खुल्ला ठाउँमा दिसा गर्ने) बानी परिवर्तन गरी कोठे चर्पीमा ल्याउन (बन्द कोठाको सुरक्षित चर्पी) मा ल्याउन एक बल जरुरी छ । यो सदियौंदेखिको परम्परालाई तोड्न र सबै नागरिकलाई सफा, स्वस्थ, स्वच्छ बनाउन सबै सरोकारवाला निकाय गम्भीरतापूर्वक लाग्नुपर्ने हुन्छ ।

बारा जिल्लाको सुवर्ण गाउँपालिकाको हप्तैपिच्छे आउने विभिन्न राजनीतिक लगायत विभिन्न कारण र तालमेल नमिलेकोले खुल्ला दिसामुक्त अभियान समेत प्रभावित बन्ने देखिन्छ ।

जसको कारण समयमा ओडिएफको टार्जेट पुरा गर्न केही वडामा कठिनाई हुँदैछ । चर्पी बनाउन सबै तयार समय खेप्दैछ, झोपडीवालाको त कुरै छोड्नुस यहाँ महलवालालाई पनि चर्पी बनाउन सरकारको अनुदान चाहियो ।

सबै काम आफै गर्न सक्ने, घरमा आइपर्ने सबै समस्याको सामाधान कर्जा काटेर पनि आफै गर्न सक्ने व्यक्ति आफ्नै घरको मान प्रतिष्ठा, स्वास्थ्य सुरक्षा, ईज्जतको लागि चर्पी बनाउन चाहिं किन गरिव हुन्छन् त ? एउटा चर्पीको लागि कति दिन मगन्ते भई रहने त ?’

 

रेडियोकर्मी विनोद महतो कुश्वाहाको फेसबुकबाट


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार