काठमाडौ : फण्ड बोर्ड पूरै खारेज हुने वा पुनर्गठन हुने केही निर्णय नहुँदा यसै पनि फण्डबोर्डका कर्मचारीहरु न्यास्रो मानेर बसिरहेका छन् । झनै प्रमुख कार्यकारी निर्देशक भुपेन्द्र अर्यालले पनि राजीनामा दिएपछि बोर्डका कर्मचारी नुन खाएको कुखुरा जस्तै भएका छन् ।
फण्ड बोर्ड सहित अन्य समितिहरु विघटन भएपछि फण्डबोर्ड कायमै राख्न जत्ति पहल गर्दा पनि नसकिने अवस्था भएपछि कार्यकारी निर्देशक अर्यालले राजीनामा दिएको बताउनुभएको छ ।
अन्य विभिन्न समितिहरु सक्रिय भइसक्दा समेत फण्डबोर्डलाई विचाराधीन अवस्थामा राखिनुमा एक जना व्यक्तिको विषयलाई लिएर खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले कुरै सुन्न नचाहेको र आफूले राजीनामा नदिंदा सम्म फण्डबोर्ड कायम गराउने अवस्था नदेखेपछि आफूले फण्डबोर्डबाट राजीनामा दिएर मार्ग प्रशस्त गरेको उहाँले बताउनुभएको छ ।
आफूले समितिको नियम र आफ्नो क्षेत्राधिकारभित्र रहेर केही कर्मचारीको म्याद थप गरेको र सचिव ठाकुरले उक्त विषयलाई लिएर आफूलाई मानसिक तनाव दिएको उहाँले बताउनुभयो ।
टेलिफोन वार्तामा सचिव र कार्यकारी निर्देशक अर्याल बीच यस्तो कुराकानी भएको रहेछ । सुन्नुहोस् त :


2763 पटक हेरिएको 

