ललितपुर : ललितपुर महानगरपालिकाको वडा नं. – २७ सुनकोठीमा रहेको बालकुमारी माध्यमिक विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ सम्मेलन सम्पन्न भएको छ । विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी सात झण्डे पूर्ण सरसफाइ सम्मेलन गरेको हो ।
हेर्नुहोस्, सम्मेलन सम्बन्धीको भिडियो :
सम्मेलनमा विद्यार्थीहरुले गीत प्रतियोगिता गरेका थिए । विद्यार्थीहरुबाट आएको १० गीतमध्ये पहिलो राउण्डबाट छानिएका पाँच गीतहरु सम्मेलनमा प्रस्तुत गरिएको थियो । विद्यालयले निर्णायकहरु मार्फत ती पाँच गीत मध्ये पनि पहिलो गीत छनौट गरेको छ । गीतमा ७ वटा सरसफाइका सूचकहरु समावेश गर्नुपर्ने नियम बनाएको थियो ।
सरकारले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता तारे पद्धतिबाट मापन गर्ने कार्यविधि निर्माण गरिसकेको छ । विद्यालयको सात झण्डे पूर्ण सरसफाइ सम्मेलनले विद्यालयको खानेपानी,, सरसफाइ र स्वच्छताको अभिबृद्धि गर्न सघाउ पुग्ने स्प्लस नेपालका प्रमुख प्रदिप खड्काले बताउनुभयो । उहाँले बालकुमारी माध्यमिक विद्यालयलाई तीन तारा प्राप्त गर्न सक्ने विद्यालय बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


1238 पटक हेरिएको 

