विकास समितिमा मन्त्री मगर : सिएमसीले ठेक्का तोड्दा नेपाली बैंक र पेटी ठेकेदार डुब्छ (भिडियो)

काठमाडौ : खानेपानीमन्त्री विना मगरले सिएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजनाको काम छोडेर भाग्दा नेपाली बैंक र पेटी ठेकेदार डुब्ने भएकाले सरकारले यही कम्पनीलाई पुनः काममा लगाउनुपर्ने बताउनुभएको छ ।
हेरौं यो भिडियो :

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री मगरले इटालियन ठेकेदार कम्पनी सिएमसीकै कारण सरकारले मेलम्चीको खानेपानी काठमाडौंमा आउने मिति सार्दै जानु परेको बताउनु भयो ।


सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले निर्माणको अन्तिम चरणमा पुगेको योजनाको काम सिएमसी कम्पनीबाटै गराउन चाहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले विश्वसनीय वातावरण बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री मगरले सिएमसी कम्पनी सरकारका लागि निल्नु न ओकल्नुको अवस्थामा रहेको उल्लेख गर्दै त्यसको कानुनी उपचारमा सरकार लागि परेको पनि स्पष्ट पार्नु भयो ।


मन्त्री मगरले बजेटको अभाव देखाएर सिएमसी कम्पनीले ठेक्का सम्झौंताबाट पछि हटने
काम गरिरहेको उल्लेख गर्दै सो समस्या समाधान गर्न लाग्ने समयको एकीन नभएको पनि
समितिलाई जानकारी गराउनु भयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार