काठमाडौ : चन्द्रगिरी नगरपालिकाले ग्राउण्ड वाटर रिचार्ज गर्ने प्रणालीको विकास गर्न नक्सा पासमै अनिवार्य व्यवस्था गर्ने भएको छ । ग्राउण्ड वाटर रिचार्ज नहुँदा भूमिगत पानीको स्रोत भासिदै गएकाले नीतिमै समावेश गरी रिचार्ज गर्ने प्रणालीको विकास गर्न लागेको हो ।
केही दिन अघि चन्द्रगिरी नगरपालिका क्षेत्र भित्रका विद्यार्थीले तयार पारेको खानेपानी तथा सरसफाइजन्य जोखिम मापन र योजना तर्जुमा बारेको प्रस्तुतीकरणपछि मेयर गिरीले नगरपालिकाको योजनाबारे जानकारी गराउनु भएको हो ।
‘भूमिगत पानीको स्रोत सुक्दै गएको कुरा बालबालिकाको प्रस्तुतीकरणमा पनि आयो, हामीले पनि महसुस गरिरहेका छौं, यो समस्या जथाभावी पानी बोरिङ गर्ने तर रिचार्ज हुने प्रणाली नभएकाले हो हामी यसका लागि नक्सा बनाउँदा नै जमिनमुनि पानी छिर्ने अर्थात रिचार्ज हुने व्यवस्था अनिवार्य राख्न लगाउँछौं, नक्सामा यस्तो व्यवस्था भयो भने मात्र पास गर्ने र त्यसपछि पालना भए नभएको बारेमा पनि अनुगमन गर्छौ’ मेयर गिरीले बताउनुभयो ।


1849 पटक हेरिएको 

