काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला नउठाउने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।
फोहोर उठाउने सहमति विपरित कर्मचारीहरुले फेरी काम अवरुद्ध पार्न सुरु गरेको उल्लेख गर्दै उनीहरुमाथि कडा कार्वाही गर्ने बताउनु भएको हो ।
बुधबार काठमाडौंमा आयोजित ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा बोल्दै उहाँले फोहोर उठाउने अभियानमा साथ दिन नेपाल प्रहरीलाई पनि आग्रह गर्नु भयो ।
फोहोर उठाउने कर्मचारीहरुले फोहोर व्यवस्थापन नगरेर खाली दुःख मात्रै दिने गरेको मेयर शाक्यको गुनासो छ । शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सफा बनाउने अभियानमा साथ दिन पनि सबैलाई आह्वान गर्नु भयो । सबैको सामूहिक प्रयासबाट मात्रै महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने सकिने मेयर शाक्यको भनाई छ ।