खानेपानी तथा सरसफाइ डिभिजन नं. ३ ले भारी मात्रामा एचडीपी पाइप किन्ने

काठमाडौ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ३ डोटीले अछाम, बाजुरा, डडेलधुरा र डोटीका लागि आवश्यक एचडीपी पाइप खरिद गर्ने भएको छ । एचडीपी पाइप खरिद तथा सप्लाईका लागि डिभिजन कार्यालय डोटीले बोलपत्र आव्हान गरेको छ ।

कार्यालयले नेपाल सरकारबाट इजाजत प्राप्त निर्माता कम्पनी, अधिकृत बिक्रेता वा सप्लायर्सबाट पाइप खरिद तथा सप्लाई गर्न सकिने जनाएको छ । डिभिजन कार्यालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुर डोटीबाट बोलपत्र फाराम खरिद गर्न सकिने जनाएके छ ।

फाराम खरिदका लागि निवेदन, फर्म दर्ता प्रमाणपत्र, उद्योग दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र, नेपाल गुणस्तर चिन्ह प्रमाण पत्र र आर्थिक बर्ष २०७४/०७५ को कर चुक्ताको प्रमाणपत्र वा कर विवरण पेश गरेका कागजातका प्रमाणित प्रतिलिपी आवश्यक पर्ने कार्यालयले जनाएको छ ।


थप विवरण हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार