वायु र ध्वनि प्रदुषण मापन तालिम हुने

काठमाडौ : तपाई वायु र ध्वनि प्रदुषण मापन गर्ने तरिका बारे बुझ्न चाहनुहुन्छ ? वायु र ध्वनि प्रदुषण मापन गर्ने विधि, उपकरण र प्रदुषण नियन्त्रण गर्ने बारेमा पो सोचिरहनु भएको छ कि ? त्यसो हो भने काठमाडौमा आयोजना गर्न लागेको तालिम तपाईको लागि ठूलो अवसर हुनसक्छ ।

आगामी अप्रिल २६ देखि २८ गतेसम्म वायु र ध्वनि प्रदुषण मापन सम्बन्धी तालिम हुने भएको छ । तालिम वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र Envirotech Instruments (Pvt.) Limited, New Delhi, India ले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

एन्फोको तालिम हलमा सञ्चालन हुने तालिममा Scientists, engineers, chemists, technicians, environmentalists, researchers, students, consultants वायु र ध्वनि प्रदुषण मापनको क्षेत्रमा काम गर्न रुचि राख्ने र औद्योगिक तथा वातावरणीय क्षेत्रमा कार्यरत व्यक्तिहरुले भाग लिन सक्ने एन्फोले जनाएको छ ।

तालिममा वायुको गुणस्तर मापदण्ड, यसको अनुगमन, वायु र ध्वनि प्रदुषण मापनको उचित उपकरण लगायत विषय समेटिएका छन् ।
तालिम सम्बन्धी थप जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला

http://enpho.org/wp-content/uploads/2019/03/Flyer-short-course-on-air-quality-final.pdf

विस्तृत जानकारीका लागि:

http://enpho.org/wp-content/uploads/2019/03/Flyer_Air-quality-monitoring-training.pdf

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार