तीन घण्टामा बनेको चर्पीेको कथा (भिडियो)

काठमाडौ : सेती लामा, त्यो दिन पनि घरको आँगनमा बसेर चैत्रको तातो घाम तापिरहनु भएको थियो । चर्पी बनाउन आग्रह गर्दै सेतीको घर पुगेको चौथो पटक भईसकेको थियो । काठमाडौको शंखरापुर नगरपालिकाको वडा नं. ३ मा पर्ने सेतीको घरमा मात्र होइन त्यसअघि अरु घरमा पनि चर्पी थिएन ।

राम्रो तरिकाले आग्रह गर्दा पनि नबनाएपछि उहाँले त्रास देखाएर भएपनि चर्पी बनाउन लगाउने जुक्ति निकाल्नुभयो । ‘तपाईले चर्पी नबनाउने हो भने म पुलिस लिन जान्छु’ सेतीलाई यत्ति कुरा भनेपछि फर्केर पनि नहेरी सरासर आफ्नो बाटो लाग्नुभयो । 

चर्पी बनाउन धाएको धायै गरेपछि अरु घरले चर्पी बनाइसकेका थिए । अटेर गरेर बसेका केही घरले पनि सेफ्टि ट्याङ्क बनाउन थालिसकेका थिए । खानेपानी तथा सरसफाइ डिभिजन ५ नम्बर कार्यालयबाट चर्पी बनाउन खटिएका खानेपानी तथा सरसफाइ टेक्निसियनहरु पनि समुदाय चर्पी बनाउन तातिएको देखेर निक्कै उत्साहित भएका थिए ।

अरु तातिएपनि सेती लामा तातिनु भएको थिएन । उहाँले बिगतमा जस्तै आफू एक्लै भएको, बनाउन नसक्ने, लामो समय चर्पी बिनै बिताइसकेको जस्ता कारण देखाएर पन्छि रहनुभएको थियो । अन्य सबैले चर्पी बनाएपनि एकैजनाले नबनाउँदा पनि घोषित कार्यक्रम प्रभावित हुने देखेपछि चर्पी निर्माणका लागि आग्रह गर्दै आउनुभएका खानेपानी तथा सरसफाइ टेक्निसियन शम्भु कार्कीलाई पनि झोंक चलिहालेछ ।

उहाँले मनमनै नयाँ जुक्ति निकाल्नुभयो । राम्रो तरिकाले आग्रह गर्दा पनि नबनाएपछि उहाँले त्रास देखाएर भएपनि चर्पी बनाउन लगाउने जुक्ति निकाल्नुभयो । ‘तपाईले चर्पी नबनाउने हो भने म पुलिस लिन जान्छु’ सेतीलाई यत्ति कुरा बताएपछि उहाँ तल्लो गाउँतिर चर्पी बनाउन आग्रह गर्न जानुभयो ।

गाउँ घुमेर उहाँ त्यही बाटो उक्लिंदै हुनुहुन्थ्यो । पुलिस लिन जान्छु भनेर सेतीसँग छुटिएको तीन घण्टा मात्र भएको थियो । तर पुलिस आउने कुराले सेतीले आधा चर्पी बनाइसक्नु भएको थियो । चर्पीको सेफ्टि ट्याङ्कका लागि उहाँले खाल्डो खनिसक्नुभएको थियो ।

त्यो देखेर खानेपानी तथा सरसफाइ टेक्निसियन कार्की खुसी हुनुभयो । अनि उहाँलाई चर्पी बनाउनुभएकोमा बधाई दिदै आफ्नो बाटो लाग्नुभयो । भोलिपल्ट सेतीको घरमा पुग्दा चर्पी ठड्याएर पनि प्रयोग गर्न थालिसक्नुभएको थियो । कार्की भन्नुहुन्छ ‘जत्ति ट्रिगरिङ गर्दा पनि नभएपछि कहिलेकाहीं त्रास पनि देखाउनुपर्दोरहेछ, सायद त्यत्ति नगरेको भए चर्पी बन्ने थिएन होला ।’

सेती लगायत गाउँमा चर्पी बनाउन बाँकी भएकाहरुले चर्पी बनाएपछि बिहीबार शंखरापुर नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार