काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले महिनावारी स्वच्छता क्षेत्रमा काम गर्ने संघसंस्थालाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको मातहतमा रहेर काम गर्न आग्रह गर्नुभएको छ । महिनावारी स्वच्छता पूर्ण सरसफाइ सँग सम्बन्धित भएकाले राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।
सबैको लक्ष्य एउटै भएकाले एकद्धार प्रणालीबाट अघि बढ्दा लक्ष्य प्राप्त गर्न सकिने र ग्रामीण तहदेखि केन्द्रीय स्तरसम्म काम गर्ने संस्थागत संरचना भएकाले महिनावारी स्वच्छता सञ्जाललाई समन्वय समिति मातहतमा रहेर काम गर्न आग्रह गर्नुभयो ।
महिनावारी स्वच्छता दिवस मनाउने बिषयमा छलफल गर्न बसेको ‘महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल’ बैठकमा उहाँले महिनावारी स्वच्छताको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको कार्यक्षेत्र, प्रणाली र स्थानको म्यापिङ गर्न आग्रह गर्नुभयो । धेरैजसो संघसंस्थाले सुगम तथा काठमाडौ आसपासको जिल्लामा मात्र कार्य गरिरहेको आभाष भएको भन्दै उहाँले जहाँ आवश्यकता हो त्यहाँ काम गर्न पनि सुझाव दिनुभयो ।
हेरौं, यो भिडियो :


1162 पटक हेरिएको 

