महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम दुर्गममा सञ्चालन गर्न उपमहानिर्देशक श्रेष्ठको आग्रह (भिडियो)

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कार्यक्रम दुर्गम जिल्लामा सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

महिनावारी स्वच्छता दिवस मनाउने बिषयमा छलफल गर्न आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकमा उपमहानिर्देशक श्रेष्ठले महिनावारी सम्बन्धी सचेतनात्मक कार्यक्रम काठमाडौमा भन्दा सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा बस्ने दिदीबहिनीका लागि आवश्यक रहेको बताउनुभयो ।

सरकारले आधारभूत स्तरको सरसफाइ सुविधा पूरा गरेपछि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्ने र महिनावारी स्वच्छता व्यवस्थापन पूर्ण सरसफाइको एउटा अंग भएको बताउनुभयो । उहाँले सरकारले फोहोरपानी व्यवस्थापनका लागि ढल आयोजना र दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन केन्द्रहरु निर्माण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

 

महिनावारी स्वच्छता व्यवस्थापनका लागि सीमित स्रोत रहेको र त्यो पनि सुदुरपश्चिममा लगानी गरिने बताउनुभयो ।

 

हेरौं यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार