बालबालिकालाई पानी ओसार्न दिईदा के हुन्छ ?

 

काठमाडौ : यो फोटो बाजुराको सदरमुकाम मार्तडीमा पानी ओसार्न भेला भएका बालबालिकाहरुको हो । यस्तो चलन बाजुरामा मात्र होइन, जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ प्रायः पानीको बन्दोबस्त गर्ने जिम्मा बालबालिकाकै भागमा छुटाइदिएको हुन्छ ।

बालबालिकाले एकैपटक ठूलो भाँडामा पानी संकलन गर्न नसक्ने र सानो सानो भाँडाको प्रयोग गरी घरमा पानी संकलन गर्दा पानी दुषित हुने सम्भावना धेरै हुन्छ ।

पानी ओसार्ने कामलाई अरु कामको तुलनामा सामान्य रुपमा लिइन्छ । यसैका कारण पानी ओसार्ने काममा बालबालिकाको प्रयोग बढ्दो छ । गाउँघरमा पानी ओसार्ने बाहेक अरु पनि जटिल कामहरु हुन्छन् । ती जटिल काममा बुबा, आमा, दाजु, दिदी परिचालित हुनुपर्ने भएकाले पनि पानी ओसार्न बालबालिकालाई लगाईन्छ । तर पानी संकलन गर्ने काम बालबालिकालाई लगाउनु राम्रो होइन । यसले विभिन्न समस्या निम्त्याउन सक्छ ।

पानी प्रदुषण हुन सक्ने

धाराबाट आउने पानी सफा र सुुरक्षित भएपनि पानी संकलन गर्ने भाँडा, पानीको ओसार्ने व्यक्ति, व्यक्तिको बानीव्यहोरा आदिका कारण पनि प्रदुषित हुन सक्छ । बालबालिकाले एकैपटक ठूलो भाँडामा पानी संकलन गर्न नसक्ने र सानो सानो भाँडाको प्रयोग गरी घरमा पानी संकलन गर्दा पानी दुषित हुने सम्भावना धेरै हुन्छ ।

पानी भर्ने क्रममा र घरमा ल्याएर ठूलो भाँडोमा खन्याउने क्रममा पनि पानी दुषित हुन सक्छ । दुषित पानीका कारण झाडापखाला तथा हैजा जस्ता सरुवा रोगहरु फैलिएको त सुन्नु भएकै होला । त्यसैले सकभर बालबालिकालाई खानेपानी ओसार्न दिनुहुँदैन ।

बालबालिकाको पढाइमा असर

गाउँघरको बालबालिकाले केही न केही काम गरेर मात्र स्कुल जान पाउँछन् । झनै बिहान बेलुकी पानी ओसार्नुपर्ने कामले उनीहरु समयमा विद्यालय हाजिर हुन पाउँदैनन् । पानी संकलन गर्ने काम अरु काम जस्तो नभएकाले उनीहरुले निर्धारण गरेको समयमा खानेपानी संकलन गरेर विद्यालयमा समयमै पुग्न कठिन हुन्छ ।

पानीको स्रोत सुक्ने, धारामा खानेपानी उपभोक्ताको लाइन हुने लगायत कारणले भनेकै समयमा खानेपानी उपलब्ध नहुन सक्छ । यसको सोझो असर बालबालिकाको पढाईमा पर्ने भएकाले बालबालिकालाई पानी ओसार्न लगाउने काम बन्द गर्नु नै राम्रो हुन्छ ।

चिसो सम्बन्धी रोगले सताउने

बालबालिकालाई पानी बोक्न दिईदा पानी पोखिने र उनीहरुको शरीर भिज्ने भएकाले चिसो सम्बन्धी रोगहरु लाग्न सक्छ । पेट ढाडिने, पेट दुख्ने लगायत रोगहरु यसैका कारण हुने गरेकाले उनीहरुलाई पानी बोकाउनु राम्रो हुँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार