खानेपानी आयोजनाको स्वमित्व स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ : प्रमुख बञ्जाडे

काठमाडौ : ग्रामीण भेगमा निर्माण गरिएका खानेपानी योजनाहरु निर्माण सम्पन्न भएपछि सम्बन्धित उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने चलन अहिले विद्यमान छ । खानेपानीको भोग अधिकार उपभोक्ता समितिलाई हस्तान्तरण गर्दा कतिपय समितिले राम्रो तरिकाले सञ्चालन गरेका छन् भने कतिपय उपभोक्ता समितिसँग खानेपानी योजना सञ्चालनको अनुभव तथा सीप नहुँदा खानेपानी योजनाहरु लथालिङ्ग अवस्थामा पनि पुगेका छन् ।

खानेपानी योजनाको सञ्चालनमा देखिएको सबै समस्या समाधानका लागि जुन सुकै तहको सरकारको लगानीमा निर्माण भएपनि सम्पन्न पछि खानेपानी आयोजनाको स्वमित्व नै स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ भन्नुहुन्छ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका प्रमुख नन्दलाल बन्जाडे । स्थानीय सरकारलाई खानेपानी आयोजनाको स्वमित्व हस्तान्तरण गरेपछि ती खानेपानी आयोजना उपभोक्ता संस्थाबाट सञ्चालन गर्ने हो वा प्राइभेट कम्पनीलाई सञ्चालनको जिम्मेवारी दिने हो भन्ने निर्क्यौल स्थानीय सरकारले नै गर्ने उहाँको तर्क छ ।

खानेपानी आयोजनाको स्वमित्व स्थानीय सरकारलाई किन हस्तान्तरण गर्नुपर्छ ? हेरौं उहाँको बिचार

 

स्थानीय सरकारलाई खानेपानी आयोजना हस्तान्तरण गरेपछि योजनाहरुको व्यवस्थापन स्थानीय सरकारले नै गर्नेछ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका प्रमुख बन्जाडे भन्नुहुन्छ ‘कुन उपभोक्ता समिति निश्क्रिय छ ? उपभोक्ता समितिको लेखापरीक्षण भइरहेको छ छैन ? उपभोक्ता समितिको साधारण सभा भईरहेको छ वा छैन ? त्यसभित्र के गडबडी भईरहेको छ भन्ने कुरा स्थानीय तहले अनुगमन गर्न सक्छ ? अहिले केन्द्र सरकारको तर्फबाट अनुगमन गर्न भ्याईरहेको छैन । त्यसैले हिजो सम्पन्न भएका र अब सम्पन्न हुने आयोजनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार