पूर्ण सरसफाइ सम्बन्धी तालिमको लागि आवेदन माग

काठमाडौ : तपाई वास सँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहनु भएको छ ? वा भविश्यमा वास सँग सम्बन्धित प्रोजेक्टमा काम गर्न चाहनुहुन्छ ? तपार्ईको संस्थामा कार्यरत आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न पो चाहनुहुन्छ कि ?

यी सबै समस्याको निदानका लागि वातावरण र जनस्वास्थ्य संस्थाले पूर्ण सरसफाइ सम्बन्धी तालिमको आयोजना गर्दैछ । तालिममा भाग लिन चाहनेहरुबाट एन्फोले आवेदन माग गरेको छ ।

यही जुन १७ देखि १९ सम्म एन्फोको तालिम हल बानेश्वरमा हुने तालिमका लागि जुन ९ तारिखसम्म आवेदन दिईसक्नु पर्नेछ । अनलाइन आवेदन भर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला ।

http://enpho.org/wp-content/uploads/2019/05/TS_24-May.pdf

तालिमका बिषयबस्तुहरु :

–  पूर्ण सरसफाइ र यसका सूचकहरु

–  सरसफाइ प्रणाली, दिसाजन्य लेदो व्यवस्थापन र फोहोरमैला व्यवस्थापन

–  पानी सुरक्षा, गुणस्तर र प्रशोधनका विधिहरु

–  ह्याण्ड वासिङ, महिनावारी स्वच्छता व्यवस्थापन

–  दिगो पूर्ण सरसफाइका रणनीतिहरु ।

तालिमका विशेषताहरु :

 

–  उच्च व्यवसायिक सीप भएका प्रशिक्षकहरुबाट प्रशिक्षण गराइने ।

–  सहभागितात्मक विधिबाट तालिम सञ्चालन गरिने ।

–  सरसफाइका प्रत्येक सूचक माथि बृहत छलफल गरिने ।

–  पूर्ण सरसफाइका नवीनतम विधिहरुको प्रयोग गरिने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार