
काठमाडौ : तपाई वासको क्षेत्रमा काम गरिरहनु भएको छ ? वा भर्खरै स्नातक तह पूरा गरी वासकै क्षेत्रमा काम गर्न इच्छुक हुनुहुन्छ ? त्यसो हो भने खानेपानी गुणस्तर मापन सम्बन्धी ज्ञान र सीप अभिबृद्धिका लागि सुनौलो अवसर आएको छ ।
यो अवसर वातावरण र जनस्वास्थ्य संस्था एन्फोले प्रदान गर्दैछ । यही जुलाई २२ देखि २६ तारिखसम्म हुने तालिममा भाग लिन एन्फोले सार्वजनिक आव्हान गरेको छ । तालिम शुल्क रु १२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसका लागि तल दिइएको लिङ्कमा क्लिक गरेर अझ बढी जानकारी हासिल गर्न सक्नुहुन्छ ।
http://enpho.org/wp-content/uploads/2019/07/Water-Quality-Testing-Training1.pdf
यदि तपाई तालिममा भाग लिन चाहनुहुन्छ भने यही जुलाई १६ गते भित्र अनलाइन फाराम भरी trainingcentre@enpho.org मा इमेल गर्न सक्नुहुन्छ । फाराम डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।
https://washkhabar.com/np/wp-content/uploads/2019/07/Personal-Detail-Form-WQT.docx
तालिमका विशेषताहरु :
पानी गुणस्तर मापदण्ड
पानीको गुणस्तर मापन विधि
पानीको नमुना संकलन विधि
पानीको गुणस्तरको तथ्याङ्कीय परिणामबारे व्याख्या गर्ने ।
यो मौकालाई उपयोग गर्न नभुल्नुहोला ।


1829 पटक हेरिएको 

