महानगर भदौ २० भित्रै खुलादिसामुक्त घोषणा हुन्छ : प्रमुख श्रेष्ठ (भिडियो सम्वाद )

काठमाडौ : ′काठमाडौका सबै स्थानीय तह खुला दिसामुक्त घोषणा हुँदा काठमाडौ महानगरपालिका चाहिं घोषणा हुन सकेन । काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा नहुँदा काठमाडौ जिल्ला नै खुला दिसामुक्त घोषणा नहुने भयो । काठमाडौ खुला दिसामुक्त घोषणा नभए खुला दिसामुक्त राष्ट्र नेपाल पनि नहुने भयो ।’

सरसफाइको कुरा गर्दा काठमाडौसँग जोडिएर यी र यस्ता थुप्रै प्रश्नहरु उठ्ने गथ्र्यो । तर यी सबै आशंकालाई चिर्दै खुला दिसामुक्त राष्ट्र घोषणाका लागि काठमाडौ बाधक नबन्ने भएको छ । काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमन गर्न बनेको अनुगमन समितिको बैठकले महानगरपालिकालाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिसकेको छ ।

काठमाडौ महानगरपालिकालाई आगामी भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्न के कस्तो तयारी भईरहेको छ ? यसै बिषयमा हामीले काठमाडौ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठसँग भिडियो सम्वाद गरेका छौं ।

हेरौं यो भिडियो सम्वाद :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार