डिस्पोजेबल प्याड महिला स्वास्थ्यका लागि चुनौती बन्दै

 

जानुका थापा

आधुनिक युगको विकास सँगसँगै महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने प्याडले पनि निकै फड्को मारिसकेको छ । बजारमा विभिन्न प्रकारका डिस्पोजेबल प्याडहरु उपलब्ध छन् । यी प्याडहरु विभिन्न साइजमा आउने र लिक प्रुफ भएकोले महिलाहरु यस प्रति छिट्टै आकर्षित हुन्छन् ।

एकचोटि प्रयोग गरिसकेपछि धुनु नपर्ने भएकाले यो झञ्झटिलो पनि छैन त्यसैले गर्दा होला यसको लोकप्रियता अहिले सहरमा मात्र नभएर गाउँमा पनि उतिकै लोकप्रिय हुन थालेको छ । बजारी प्याड हेर्दा सेतो र सफा देखिन्छ । प्राय जस्तो महिलाहरुको विचारमा सेतो र सफा देखिने बजारको प्याड नै स्वाथ्यबद्र्धक हुन्छ भन्ने छ ।

आजसम्म बजारमा पाइने प्याड सेतो देखिनुको कारण कसैले खोजी गरेनन् । के सेतो, सफा देखिने प्याड राम्रो छ त ? बजारी प्याड काठको बोक्रा, काम नलाग्ने कागजको टुक्राहरु, सिलिकन जेल, कपास र प्लाास्टिकबाट बन्ने गरिन्छ । काठको बोक्रा र काम नलाग्ने कागजको टुक्राहरुलाई कोल्रिन भन्ने रसायनमा धोएपछि यो सेतो देखिन्छ ।

यसरी कोल्रिनमा धुँदा बाइप्रडक डाइअक्सिन उत्पादन हुन्छ । डाइअक्सिन महिला स्वास्थ्य र वातावरण दुवैको लागि एकदमै हानिकारक हुन्छ । डाइअक्सिन एकपटक उत्पादन भएपछि ७ देखि ११ वर्षसम्म महिलाको शरीरमा प्याडको माध्यमबाट बस्छ भने यो वातावरणमा सयौं वर्षसम्म बस्दछ ।

डाइअक्सिनले देखाउने असरहरु :

— शरीरको विकासमा रास आउने

— प्रजनन्को समस्या

— पाठेघरको मुखको समस्या

— एलर्जी

— इन्डोमेटोसिस ( Endormetroisis)

—   महिलाहरुमा प्राय तल्लो पेट धेरै दुख्ने र विवाहित महिलाहरुमा गर्भमा बच्चा बस्न गाह्रो हुने समस्या हुन्छ ।

यतिमात्र नभएर बजारमा पाइने प्याडमा प्लास्टिकको प्रयोग भएको पाइन्छ । लगभग ९० प्रतिशत प्लास्टिक प्रयोग भएको प्याड महिनावारी हुँदा प्रयोग गर्दा योनीमा हावाको आवातजावत हुन पाउँदैन र महिनावारी हुँदा दुखाई बढ्दछ ।

सिलिकन जेलले महिनावारी रगतमात्र नसासेर योनीको वरिपरि चिसो पनि सोस्छ । चिलाउने, छाला निस्कने र डाबर आउने समस्या पनि देखिन्छ । के यो सबै कुरा सुन्दा बजारमा सहजै पाइने प्याडको प्रयोग महिला स्वास्थ्यका लागि चुनौती जस्तो लाग्दैन र ?

 

उसो भए विकल्प के त ?

 

आफ्नो स्वास्थ्य प्रति सचेत रहने केही महिलाहरुले अहिले पुनः प्रयोग गर्न मिल्ने लिक् प्रुफ प्याड प्रयोग गर्न थाल्नुभएको छ । नरम सुतिको कपडा, सेतो Ïयानल र वाटर प्रुफ राखेर बनाएको यो प्याड धेरैलाई जानकारी नभए पनि यसको लोकप्रियता बिस्तारै बढ्दै गएको छ । यसलाई एकचोटि प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्ने भएकोले स्वास्थ्य, वातावरण र आर्थिक रुपमा पनि लाभदायक हुन्छ । यो प्याड राम्रोसँग धोएर घाममा राम्रोसँग सुकाएर प्रयोग गर्नुपर्दछ ।

एउटै प्याड दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले बजारमा पाइने प्याडको तुलनामा कम खर्चिलो देखिन्छ । बजारी प्याडको जस्तो यसमा प्लास्टिकको प्रयोग नहुने भएकोले यसको समय अवधि सकिएपछि माटोमा मिलाउन सकिन्छ ।

यसमा बजारी प्याडको जस्तै लिकप्रुफ बनाउनको लागि वाटरप्रुफको लेयर प्रयोग गरिन्छ । बजारी प्याडको जस्तो पुनः प्रयोग गर्न मिल्ने कपडाको लिकप्रुफ प्याडलाई कोल्रिनमा धुनु नपर्ने हुँदा डाइअक्सिनको असरहरु पनि हुँदैन ।

प्याड प्रयोग गर्ने विधि

 १५ देखि २० मिनेट चिसो पानीमा भिजाउने तर तातो पानी प्रयोग नगर्ने

 चिसो पानीले दाग जान मद्धत गर्दछ ।

 महिनावारीको समयमा प्रयोग गरेको प्याडलाई अरु कपडा सरह साबुन पानीले राम्रोसँग धुन सकिन्छ ।

 महिनावारी रोकिएपछि अन्तिममा पानीमा डेटोल मिसाइ पखाल्ने ।

 डेटोलले धोएको प्याडलाई तीन देखि चार घण्टा घाममा सुकाउने र फेरि महिनावारी हुँदा प्रयोग गर्ने ।

लेखक महिनावारी स्वच्छता अभियन्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार