City-wide inclusive sanitation (CWIS) सम्बन्धी सुवर्ण अवसर

 

काठमाडौ : के तपाईले सहरव्यापी समावेशी सरसफाइ City-wide inclusive sanitation (CWIS) बारे सुन्नु भएको छ ? अब तपाईले यस बिषयमा सुन्न मात्र होइन जान्न पनि पाउनुहुन्छ । यस बिषयमा तपाईलाई वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले बिशेष अवसर प्रदान गर्दैछ । यो अवसर सबैका लागि भएपनि एन्फोले महिला सहभागीहरुका लागि स्कलरसीपको समेत व्यवस्था गरेको छ ।

City-wide inclusive sanitation (CWIS) सम्बन्धी अवधारणा, यसका औजार र योजना प्रक्रियाका बिषयमा एन्फोले तालिम सञ्चालन गर्न लागेको हो । यही डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने तालिमका लागि वास क्षेत्रमा कार्यरत महिलाहरुलाई बढी प्राथमिकता दिईने र सोही अनुरुप आवेदन दिनका लागि प्रेरित गरिएको एन्फोले जनाएको छ ।

तलको लिन्कमा क्लिक गरेर अनलाईन आवेदन दिनुहोस् : 

https://docs.google.com/forms/d/e/1FAIpQLSc1oTfjd4dI2FyBggTSNOFHfm0ewDMC94HGWVu3rzPJlF9dLg/viewform

 

तलको लिङ्क क्लिक गरेर तालिम सम्बन्धी विस्तृत जानकारी हासिल गर्नुहोस्

http://enpho.org/wp-content/uploads/2019/11/TrainingInformation_CWIS.pdf

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार