विद्यालयमै सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम

 

भिष्म लोध, बाँके : महिनावारी प्रजनन उमेरका हरेक महिलालाई महिनामा एक पटक हुने प्राकृतिक चक्र हो । त्यो पनि ५ देखि बढिमा ७ दिनसम्म । तर त्यही महिनावारी भएको समयमा स्वच्छता अपनाउन सकिएन भने जीवनभर रोगको सिकार पनि हुन सक्छिन् । यही महिनावारीलाई स्वच्छ बनाउन बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित जोगागाउँ माध्यमिक बिद्यालयमा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड निर्माण बारे तालिम दिइएको छ ।

बिद्यालयमा गठित महिनावारी स्वच्छता व्यवस्थापन समूह र बाल क्लबमा आबद्ध किशोरीहरुलाई महिनावारीलाई सही तरिकाले व्यवस्थापन गर्ने बारे एक दिने तालिम प्रदान गरिएको हो । प्रत्येक महिना महिलाले प्रयोग गर्ने कपडा वा सेनेटरी प्याड सुरक्षित भएन भने महिलाहरुमा प्रजनन स्वास्थ्यका तमाम समस्याहरु निम्तिन सक्छन् । जसले भोलिका दिनमा महिलामाथि घट्ना, अवस्थालाई पनि कही न कतै सहयोग पु¥याएको हुन्छ र भविष्यमा महिलालाई परम्परागत समाजबाट अपहेलित हुन पर्नेसम्मका अवस्था आउन सक्छ । त्यसकारण अहिले नै यो बिषयमा जानकार भएर स्वच्छता अपाउनका लागि नै बिद्यालयका किशोरीहरुलाई सो बारे ज्ञान प्रदान गरिएको प्रशिक्षक पुर्णिमा सुनामले जानकारी दिनुभयो ।

त्यस्तै महिनावारीका कारण कक्षाको बीचमै पढाई छाड्नुपर्ने र बिद्यालय नै अनुपस्थित हुने दर पनि किशोरीहरुमा देखिने गरेको छ । बिद्यालयमा यसबारे ज्ञानको अभाव, व्यवस्थापन तथा वातावरण निर्माण गर्ने कार्यको कमीका कारण किशोरीको अनुपस्थिति बढेर जाने गरेको पाइन्छ । र समाजमा शिक्षित महिलाहरुको कमी देखिन जान्छ । तर पनि कतिपय बिद्यालयमा यो कुराबारे जानकारी तथा व्यवस्था नै हुँदैन । यही कुरालाई बिद्यालयका प्रत्येक किशोरीमा पुगोस जसले गर्दा कुनै किशोरीले पनि पढिरहेको अवस्थामा बिद्यालय छाडेर जान नपर्ने अवस्था निर्माण गर्न महिनावारी व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल बाँकेको आर्थिक सहयोग र नेपाल सरकार तथा बिद्यालयको समन्वय र सहकार्यमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया, शाखा कार्यालय बाँकेले एक दिने तालिम सञ्चालन गरेको प्रशिक्षक पुर्णिमा सुनामले जानकारी दिनुभयो ।

तालिममा महिनावारी, महिनावारीको बर्तमान अवस्था, सुरक्षित व्यवस्थापन, बिद्यालयमा गर्नुपर्ने कार्यहरु, किशोरीहरु स्वयंमा यसका लागि गर्नुपर्ने कार्यहरु र आफ्नै हातले सुरक्षित पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड निर्माणबारे ज्ञान प्र्रदान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार