जुगल – थालखर्क – होल्चे खानेपानीमा पूर्वमन्त्री तामाङको चासो

 798 पटक हेरिएको

 

सिन्धुपाल्चोक : दिन ढल्किदैं थियो, घाम पश्चिमको क्षितिजबाट ओझेल पर्न लागिरहेको थियो । तर पूर्व कानुनमन्त्री शेर बहादुर तामाङलाई कुनै हतारो थिएन । उहाँ खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग भूकम्पपछि मर्मत भएको प्रशोधन केन्द्रमा समस्या आउनुको कारणबारे गहन छलफलमा जुट्नु भएको थियो । पूर्वमन्त्री तामाङ प्रश्न गर्नुहुन्थ्यो, खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु जवाफ दिनुहुन्थ्यो । फेरि उहाँ प्रश्न थप्नुहुन्थ्यो । खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु स्पष्ट पर्ने कोसिस गर्नुहुन्थ्यो । यो क्रम निक्कै लामो समयसम्म चलिरह्यो ।

सचिव श्रेष्ठले करिब १० बर्षदेखि नयाँ धारा वितरण गर्न नपाएको र खानेपानीको पूर्ण रुपमा मर्मत सम्भार गरी स्याउले क्षेत्रमा नयाँ धारा वितरण गर्ने र प्रशोधन केन्द्र सञ्चालनमा ल्याई बजारबासीलाई प्रशोधित पानी वितरण गर्ने योजना रहेको सांसद तामाङलाई जानकारी गराउनुभयो ।

खानेपानीको बिषयमा छलफल भईरहँदा त्यही झमक्क साँझ परिसकेको थियो । सिन्धुपाल्चोकमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरुको अनुगमनका क्रममा पूर्वमन्त्री तामाङ सिन्धुपाल्चोकको सदरमुकाम चौताराबासीले उपभोग गर्दै आएको जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ आयोजनामा पुग्नुभएको थियो ।

भूकम्पले खानेपानीको मुख्य लाइन नै विच्छेद भएपछि जाइकाले पुनःनिर्माण गरेको खानेपानी आयोजनाको पूर्ण रुपमा मर्मत नभएपछि पूर्वमन्त्री एवं संघीय सांसद तामाङ संघीय सांसद तामाङ सँगै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका आयोजना प्रमुख नन्द बन्जाडे सहितलाई लिएर प्रशोधन केन्द्रमै पुग्नुभएको थियो ।

 

प्रशोधन बिनै खानेपानी वितरण

 

 

जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव श्यामकृष्ण श्रेष्ठले सांसद तामाङसँग प्रशोधन केन्द्रबाट पानी चुहिएर नअडिने भएपछि प्रशोधन बिनै खानेपानी वितरण गरिरहेको जानकारी गराउनुभयो । जाईकाले आफूहरुसँग राम्रोसँग परामर्श नै नगरी मुख्य लाइनको मात्र मर्मत सुधार गरी पानी सञ्चालन गरेको सचिव श्रेष्ठले बताउनुभयो । ‘जाइकाको स्टिमेटमा प्रशोधन केन्द्र मर्मत गर्ने भन्ने थिएन, उनीहरुले भूकम्पले क्षति पुर्‍याएको मुख्य लाइन मात्र मर्मत सम्भार गरेर पानी खुवाएका हुन् यस बिषयमा हामीसँग पनि राम्रो सँग छलफल नभएकाले प्रशोधन केन्द्र सञ्चालनको कुरा हामीले राख्नै पाएनौं’ उहाँले भन्नुभयो । जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ आयोजनाको पानी सदरमुकाम चौताराका करिब २५ हजार जनसंख्याले उपभोग गर्दै आएको छ ।

सचिव श्रेष्ठले करिब १० बर्षदेखि नयाँ धारा वितरण गर्न नपाएको र खानेपानीको पूर्ण रुपमा मर्मत सम्भार गरी स्याउले क्षेत्रमा नयाँ धारा वितरण गर्ने र प्रशोधन केन्द्र सञ्चालनमा ल्याई बजारबासीलाई प्रशोधित पानी वितरण गर्ने योजना रहेको सांसद तामाङलाई जानकारी गराउनुभयो । जुगल – थालखर्क – होल्चे खानेपानी तथा सरसफाइ आयोजना २०३३ सालतिरै देखि सञ्चालनमा आएको खानेपानी आयोजना हो ।

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका आयोजना प्रमुख नन्द बन्जाडेले भने प्रशोधन केन्द्रको स्टिमेटकै क्रममा गल्ती भएकाले यसलाई पुनः स्टिमेट गर्नुपर्ने बताउनुभयो । ‘मैले चाहिं यो आयोजनाको प्रशोधनशाला स्टिमेटमै गल्ती भएको पाएँ, अब खानेपानी विभागले यसको पुनः स्टिमेट गरी सदरमुकामबासीलाई प्रशोधित पानी उपलब्ध गराउनुपर्छ’ उहाँले भन्नुभयो ।

पूर्वमन्त्री तामाङसँगै नेकपा जिल्ला कमिटी सिन्धुपाल्चोकका सदस्य एवं पूर्वमन्त्रीका स्वकीय अधिकृत निर्मल बञ्जारा, जिल्ला कमिटी सदस्य सीता थापा, १० नं. वडाका अध्यक्ष बेल बहादुर महत लगायत हुनुहुन्थ्यो । सांसद तामाङले प्रशोधन केन्द्रको मर्मतका बिषयमा खानेपानी विभागका अधिकारीहरुलाई दर्शाउने र मर्मत सम्भार गरी सुचारु गराउने बचन दिनुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार