जग्गादाता लीलादेवी : सबैले पानी पाएको देख्न पाए सजिलै प्राण जान्थ्यो कि ?

 1390 पटक हेरिएको

 

झापा : खानेपानी मुहानको बिषयलाई लिएर झगडा गरेका, खानेपानीको पाइप आफ्नो जग्गामा परेको भन्दै विछ्याउन नदिएर खानेपानी पाउनबाट वञ्चित हुनुपरेका प्रशस्त घटनाहरु सुन्दै र देख्दै आएका तपाई हाम्रो गाउँ समाजमा खानेपानीकै लागि जग्गादान गर्ने व्यक्ति पनि हुनुहुन्छ । झापाको मेचीनगर नगरपालिका २ की ८५ बर्षीया लीलादेवी रिजालले खानेपानीका लागि जग्गा उपलब्ध गराउनुभएको हो ।

‘सबैले खानेपानी पाएको देख्न पाए प्राण पनि सजिलै जान्थ्यो कि भन्ने लाग्छ’ उहाँले भन्नुभयो ‘खानेपानी दिलाउने कामबाट पूण्य मिल्छ भन्छन् नि होइन ?’

भृकुटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि निशुल्क उपलब्ध गराउनुभएको जग्गामा अहिले ओभरहेड ट्याङ्की ठडिएको छ । केही दिनभित्रै खानेपानी वितरण गर्ने गरी अन्य संरचनाहरु तयार हुँदैछन् । जग्गादाता रिजाल बेला बेलामा खानेपानीको संरचना निर्माण भईरहेको ठाउँमा पुगेर अवलोकन गर्ने गर्नुहुन्छ । समयमै खानेपानीको काम सकेर पानी वितरण भएको हेर्न पाउने आफ्नो इच्छा रहेको उहाँले बताउनुभयो ।

‘सबैले खानेपानी पाएको देख्न पाए प्राण पनि सजिलै जान्थ्यो कि भन्ने लाग्छ’ उहाँले भन्नुभयो ‘खानेपानी दिलाउने कामबाट पूण्य मिल्छ भन्छन् नि होइन ?’

हेरौं यो भिडियो :

खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि मेचीनगर नगरपालिका २ का ३ सय २१ घरपरिवार लाभान्वित हुनेछन् । यसका लागि कुल ९९ लाख ७७ हजार ६३७ रुपैयाँ खर्च भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये समुदायबाट २ लाख ४० हजार १३१ रुपैयाँ नगद व्यहोरेका छन् भने कोष विकास समितिले ७६ लाख १५ हजार ३८५ रुपैयाँ उपलब्ध गराएको छ । समुदायकै तर्फबाट २१ लाख २२ हजार १२१ रुपैयाँ बराबरको श्रमदान रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार