खानेपानीमा भएको आर्सेनिक र आइरन हटाउने काइदा (भिडियो)

रौतहट : ट्यूबेलको पानी, नखाउ भने अरु उपाय छैन, खाउ भने आर्सेनिक, आईरन र धमिलोपना । यस्तो समस्या सबैतिर नहुन सक्छ । तर तराईका जिल्लाहरु, खासगरी जमिनको कम सतहमै पानी भेटिने ठाउँमा धेरैले यस्तै समस्याको सामना गरिरहनुभएको होला ?

आर्सेनिक, आइरन लगायतको समस्याबाट दिर्घकालीन मुक्ति दिलाउन त डिप बोरिङ गरिएको पानी प्रशोधन गरेर वितरण गर्नु नै हो । तर यो पनि सम्भव छैन र हाते पम्प वा ट्यूबेलबाटै खानेपानी पिउनुपर्ने बाध्यता छ भने बायोस्याण्ट फिल्टर नै भरपर्दो विकल्प हो ।

परम्परागत इनार तथा हातेपम्पबाट जमिनको सतहभन्दा १५ देखि २० फिट गहिराइबाट निकालिएको पानीमा आइरन, आर्सेनिक, गन्ध, जीवाणु र धमिलोपना हुन सक्छ । सिमेन्ट, बालुवाबाट निर्माण गरिएको बायोस्याण्ड फिल्टरमा हालेर फिल्ट्रेसन गरेपछि यस्तो पानी पिउन योग्य हुने ठाडा मगर बायोस्याण्ड फिल्टर उद्योग रौतहटका सञ्चालक डोल बहादुर ठाडा मगर बताउनुहुन्छ ।

यस्तो फिल्टर सामान्य परिवारले समेत प्रयोग गर्न सकिने र एक पटक जडान गरेपछि बर्षौ टिक्ने उहाँले बताउनुभयो । एउटा फिल्टरको ३५ सय देखि ४ हजार रुपैयाँ पर्ने र एक बर्षको ग्यारेन्टी हुने उहाँको भनाइ छ ।

बायोस्याण्ड फिल्टरबारे थप जानकारी हासिल गर्न हेरौं ठाडा मगर बायोस्याण्ड फिल्टर उद्योग रौतहटका सञ्चालक डोल बहादुर ठाडा मगर सँग गरिएको कुराकानी :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार