कोभिड कोषमा सहयोग घोषणा गर्नेमा खानेपानीका कर्मचारी अग्रपंक्तिमा


काठमाडौ : विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा सहयोग गर्ने वाचा गर्ने क्रम बढ्दो छ । त्यसमा पनि खानेपानीका भूतपूर्व तथा बहालवाला कर्मचारीहरुले बढी चासो देखाएका छन् । पछिल्लो पटक साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाका उप निर्देशक नारायण प्रसाद आचार्यले एक महिनाको तलब कोभिड कोषमा योगदान गर्ने घोषणा गर्नुभएको छ ।


यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका भूतपूर्व महानिर्देशक रामदीप शाहले पनि आफ्नो एक महिना बराबरको पेन्सन कोभिड कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

खानेपानी मन्त्रालयकै पूर्व कर्मचारी दल बहादुर शाहले पनि कोभिड कोषमा आफ्नो एक महिना बराबरको पेन्सन सहयोग गर्ने बताउँदै फेसबुकमा स्टाटस लेख्नुभएको छ ।

यस अघि सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्व सहसचिवहरु नन्द बन्जाडे र राजनराज पाण्डेले एक – एक महिनाको पेन्सन योगदान गर्ने घोषणा गर्नभएको थियो ।

सरकारले कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन, सोको रोकथाम एवं नियन्त्रणका लागि खोलिएको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रकम जम्मा गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई यस अघि नै आव्हान गरिसकेको छ ।
यदि तपाई पनि उक्त खातामा सहयोग गर्न चाहनुहुन्छ भने

बैंकको नाम – राष्ट्रिय वाणिज्य बैंक
शाखा –  सिंहदरबार काठमाडौ
खाताको नाम – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष
खाता नं. – १९६०००००११०१


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार