पोखरामा पनि किटनाशक औषधी छर्किन सुरु

पोखरा : पोखरा महानगरपालिकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा किटनाशक औषधी छर्कन (डिसइन्फेक्सन स्प्रे) सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । औषधी छर्किने कामको सुरुवात गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गर्नुभयो ।

कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनाशक औषधी छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताउनुभयो । उहाँले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनाशक औषधी छर्किने बताउनुभयो ।

महानगरमा पहिलो चरणमा १ सय लिटर उक्त किटनासक औषधी ल्याइ छर्ने काम सुरु गरिएको र आवश्यकता अनुसार खरिद गरी मुख्य मुख्य स्थानमा किटनाशक औषधी छरिने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताउनुभयो । उहाँले विशेष गरी यो किटनाशक औषधी अस्पताल र सार्वजनिक स्थल जहाँ भीडभाड बढी हुन्छ त्यहाँ छर्किने बताउनुभयो।

मेयर जिसीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग आग्रह गरेका गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार