सहरलाई निसंक्रमण गर्न ७ ठाउँमा एकैसाथ काम हुँदै

काठमाडौ : सहरलाई निसंक्रमण गर्ने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले अहिले ७ ठाउँबाट एकै साथ काम गरिरहेको छ । महानगरका ३ वटा जेट मेसिन र निजी क्षेत्रले उपलब्ध गराएका ४ वटा ट्याङकर मार्फत निसंक्रमणको काम भईरहेको हो ।

महानगरपालिकाले ठमेल अस्कल क्याम्पसबाट पूर्वतर्फ, गल्को पाखाबाट भगवतीबहालतर्फ, सोह्रखुट्टे चोकबाट सातघुम्तीतर्फ, पकनाजोलबाट भित्री सहरतर्फ र भोटेबहालबाट भित्री सहरी क्षेत्रतर्पm गरी ५ वटाले ठमेल र भित्री सहरी क्षेत्रका औषधि छर्किएर निसंक्रमण गर्ने काम भईरहेको नगर प्रहरी महाशाखाका प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाकाले जानकारी दिनुभयो । त्यस्तै एउटा कुलेश्वरको फलफूल बजार क्षेत्रमा र अर्कोलाई पशुपति क्षेत्रमा खटाइएको छ ।

पानी सकिए बालाजु गएर पानी भर्ने र त्यस पानीमा औषधि मिसाउने र कामलाई निरन्तर जारी राख्ने महाशाखा प्रमुख सापकोटाले स्पष्ट पार्नुभयो । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरेका छन्। तीन वटामध्ये एउटा बबरमहल — बानेश्वर — तीनकुने — सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल — लाजिम्पाट — पानीपोखरीहुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो । हिजो वीर अस्पताल, टेकु अस्पताल सहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजार लगायतका स्थानमा किटनाशक र निसंक्रमण्क औषधी छर्किएको थियो ।

भीडभाड हुने क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीति बनाएर निसंक्रमण गर्ने काम गरिरहेको महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार