खानेपानी चाहियो ? निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोस्

काठमाडौ : विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देश यत्तिबेला लकडाउन छ । लकडाउनको आज चौथो दिन हो । खानेपानी सेवा अति आवश्यक सेवा भएपनि लकडाउन लम्बिदै जाँदा सामान्य अवस्थामा जस्तो खानेपानीको वितरण नहुन सक्छ ।

हुन त काठमाडौ उपत्यका खानेपानी लिमिटेडले आफ्नो उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी खानेपानी साबिककै तरिकाले वितरण गरिरहेको जनाएको छ । यद्यपि त्यो पर्याप्त नहुन सक्छ ।

यसै अवस्थालाई मध्यनजर गरी काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौ उपत्यकामा टैंकर मार्फत खानेपानी आपूर्ति गरिरहेका टैंकर व्यवसायीहरुसँग छलफल गर्दा यो असामान्य परिस्थितिमा समेत खानेपानी सेवा प्रदान गर्न उनीहरुले प्रतिबद्धता जनाएका छन् । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले निम्न स्थानहरुमा खानेपानीको आवश्यकता परेमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

ललितपुर, उज्वल शाक्य – ९८४१२०९३०४

सीतापाईला, स्वयम्भु उपेन्द्र पाठक-  ९८५१०२६५५९

मातातीर्थ, विजय श्रेष्ठ – ९८५१२४८४७६

जोरपाटी, कुमार लामा – ९८५११४४२१७

जोरपाटी,  हरि कँडेल – ९८५१०८२५३९

मनमैजु,  हरि गिरी – ९८५१०५३०४०

बालाजु, राकेश महर्जन – ९८५१०९३५५४

चोभार,  सुवर्ण महर्जन – ९८४१४६०८१८

चाल्नाखेल,  पन्चराम तामा – ९८५१०२३६३५

भक्तपुर,  जयकृष्ण – ९८५१०४२४७८

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार