गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानको सरसफाइ शैली फेरियो


ललितपुर : गोदावरी खोला र आसपासको क्षेत्रमा सरसफाइ तथा सफाइ सम्बन्धी रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको सरसफाइ शैली फेरिएको छ । विश्वव्यापी फैलिईरहेको कोरोना भाइरसको रोकथाम र सचेतना सम्बन्धी विभिन्न क्रियाकलाप गरी गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले ५६ औं हप्ताको सरसफाइ अभियान पूरा गरेको हो ।

५६ औं हप्ताको कार्यक्रममा आज खाद्यान्न खरिद गर्न भीडभाड हुने गोदावरी ३ का बिभिन्न पसलहरुमा सामाजिक दुरी कायम राख्ने चिन्ह लगाउने, कोरोना भाइरस विरुद्ध जनचेतना फैलाउने र नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुका लागि माक्स र पञ्जा वितरण गरिएको अभियानकी संयोजक बेबी थापा राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार माक्स र पञ्जा महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अरुण कुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

अभियन्ताले गोदावरीको विभिन्न क्षेत्रमा किटनाशक औषधी समेत छर्केका छन् । कोरोना बिरुद्धको सचेतना अभियानमा गोदावरी नगरपालिका ३ नं. वडाका अध्यक्ष बालमुकुन्द घिमिरे, प्रहरी निरीक्षक अरुण कुमार भट्टराई, सामाजिक अभियन्ताहरु राज घिमिरे, सन्तोष कुँवर, गीता पुत्वार लगायत सहभागी हुनुहुन्थ्यो ।

फोटो : बेबी राजभण्डारीको फेसबुकबाट ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार