मेलम्ची खानेपानीको काम बन्द गर्न स्थानीय सरकारको आग्रह

फाइल तस्बिर

मेलम्ची : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह गरेको छ। हेलम्बु गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा कोरोनाको त्रास बढेकाले काम बन्द गर्न आग्रह गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाका अनुसार जिल्ला प्रशासन कार्यालयले गाउँपालिकामा औषधि र खाद्यवस्तु बाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्र आए बमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । बैठकले गाउँपालिकाको काम बाहेक कर्मचारी र जनप्रतिनिधिलाई समेत गाउँपालिका बाहिर जान रोक लगाउने निर्णय गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनामा कार्यरत कतिपय मजदुर आ -आफ्नो जिल्ला फर्किएपनि चिनियाँ कामदार तथा केही स्थानीय कामदारले अहिले पनि कामलाई जारी राखेका छन् । यद्यपि सबै शक्ति परिचालन गर्न नपाएकाले मेलम्ची खानेपानी आयोजना निर्धारित समयमै काठमाडौमा ल्याउने कार्यक्रम प्रभावित हुने बताईदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार