क्लोरिनबाट निसंक्रमण गर्ने तरिका र तयारी बारेको वेबिनारमा नाम दर्ता गर्न छुटाउनु त भएन ?

काठमाडौ : तपाई हाम्रा लागि हिजो भन्दा आज कोरोना संक्रमणको जोखिम अझ बढ्दो छ । हिजोसम्म लकडाउन थियो, मानिसको चहलपहल कमै थियो । तर अब लकडाउन खुलेको छ । मानिसहरुको चहलपहल स्वतः बढ्नेछ । त्यसैले तपाई हामी बस्ने स्थान र प्रयोगमा आईरहने वस्तुहरुको निंसक्रमण गरिरहन आवश्यक छ ।

त्यस्ता वस्तुहरुको क्लोरिनबाट निसंक्रमण गर्ने तरिका र तयारी बारेको वेबिनार हुँदैछ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरिएको उक्त वेबिनारको लागि नाम दर्ता गर्न छुटाउनुभएको छ भने आजै दर्ता गर्नुहोस् ।

नाम दर्ता गर्न तल दिईएको लिङ्कमा क्लिक गरी निर्देशन अनुसार आवश्यक जानकारी भर्नुहोस् ।

https://zoom.us/webinar/register/WN_JA2oNJ5PSo6GiMJ2VbL2ww

यदि तपाई वेबिनारमा भाग लिन असमर्थ हुनुहुन्छ भने एन्फोको अफिसियल फेसबुक पेजमा गएर पनि यससम्बन्धी जानकारी हासिल गर्न सक्नुहुनेछ । एन्फोले आफ्नो फेसबुक पेज मार्फत क्लोरिनबाट निसंक्रमण गर्ने तरिका र तयारी बारेको वेबिनारको लाइभ गर्नेछ ।

यही जुलाई २४ तारिख, तदानुसार साउन ९ गते शुक्रबारका दिन २ बजेदेखि ४ बजेसम्म हुने वेबिनारका प्रमुख वक्ता एन्फोका प्राविधिक सल्लाहकार डा। अम्रेश प्रसाद कर्माचार्य हुनुहुन्छ भने प्रस्तुतकर्ता एन्फोकी सहायक वास तालिम अधिकृत सबुना गमाल हुनुुहुन्छ । वेबिनारको सञ्चालन एन्फोकै तालिम अधिकृत सुबास के.सी.ले गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार