काठमाडौ : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तपाई हामीले लामो समय घरबाटै कार्यालयको काम सम्पन्न ग¥यौं । कतिपय कार्यालयका कर्मचारीले भने अझै पनि घरबाटै सेवा दिईरहेका छन् । कति कार्यालयहरु आंशिक रुपमा खुलेका छन् भने खुलेका कार्यालयमा पनि पहिलेकै स्तरमा सेवा सञ्चालन भईरहेका छैनन् ।
यद्यपि कोरोनाको जोखिम अझै कायमै रहेकाले लामो समयसम्म बन्द रहेका कार्यालय सञ्चालन गर्दा केही सावधानीहरु अपनाउनै पर्ने हुन्छ । यसै अवस्थालाई ध्यानमा राखी वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले बन्द रहेका कार्यालय पुनः सञ्चालन गर्दा ध्यान दिनुपर्ने बिषयलाई आधार बनाएर कोभिड र वास बिषयक अनलाइन तालिम सञ्चालन गर्ने भएको छ ।
यही जनवरी १५ तारीखका दिन ३ बजेदेखि ५ बजेसम्म हुने तालिममा भाग लिन तपाईले पनि आजै नाम दर्ता गर्न सक्नुहुन्छ । दर्ताका लागि जनवरी १४ तारीख सम्मको मात्र समय भएकाले आजै दर्ता गरिहाल्नुहोस् ।
दर्ता गर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला
विस्तृत जानकारीका लागि यो लिङ्कमा क्लिक गर्नुहोला
http://enpho.org/wp-content/uploads/2020/07/Outline_COVID-Orientation_Resuming-Office.pdf