वास प्लान बनाउन लुम्बिनी प्रदेशले माग्यो १५३ जना कर्मचारी

बुटवल : लुम्बिनी प्रदेश सरकारले स्थानीय तहहरुको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाउन १५ जना जिल्ला वास संयोजक र १३८ जना गणक गरी १५३ जना कर्मचारी करारमा राख्ने भएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग, भौतिक पूर्वाधार विकास मन्त्रालय र युनिसेफ नेपालको साझेदारी, स्थानीय तह र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको समन्वयमा लुम्बिनी प्रदेशका सबै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण लागि ती कर्मचारी ५ महिनाका लागि नियुक्त गर्न लागेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सूचना प्रकाशन गरेको १५ दिन भित्र लुम्बिनी प्रदेश मुकाम बुटवलमा आवश्यक कागजात पेश गर्न भनेको छ । मन्त्रालयले २०७७ माघ १३ गते पहिलो पटक सूचना प्रकाशित गरेको हो ।

विस्तृत जानकारी तलको सूचनामा हेर्नुहोला ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार